कञ्चनपुरको महेन्द्रनगरमा रहेको मझगाउँ विमानस्थल निर्माणका लागि आज त्रिपक्षीय सम्झौता भएको छ ।
काठमाण्डौंमा नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारबीच त्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौता अनुसार मझगाउँ एयरपोर्ट निर्माणमा मन्त्रालयले ५० प्रतिशत, प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत लगानी गर्नेछन् ।
मझगाउँ एयरपोर्ट गौचरणमा परिणत भएको धेरै समय भइसकेको छ । यो एयरपोर्ट स्ञ्चालनका लागि स्थानीय सरोकारवालाले आवाज उठाउँदै आएका छन् ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/02/11, 1:42
2021/09/13, 11:47
2022/07/24, 5:53
2023/12/03, 11:34