धनगढीका दर्पण र महेन्द्रनगरका हिक्मतको ‘कमेडी च्याम्पियन’ मा उत्कृष्ट प्रस्तुती
2021/04/12, 2:27
 
aa

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका – १८ फुलवारी का दर्पण शर्मा र कञ्चनपुरको महेन्द्रनगरका हिक्मत महरा रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को उत्कृष्ट १५ मा पुगिसकेका छन् । कमेडी च्याम्पियन सिजन ३ मा ६ हजार भन्दा बढी डिजिटल अडिसनमा सहभागी प्रतिस्पर्धीमध्ये बाट उत्कृष्ट २४ हुदै शर्मा र महरा कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को उत्कृष्ट १५ मा छनोट भएका थिए । शर्मा र महरा अब उत्कृष्ट १० को तयारीमा छन् । उनीहरुले अहिले पनि उत्कृष्ट प्रस्तुती दिइरहेका छन् । 

 दर्पण हाल धनगढीमा रहेको एक्सिस विद्याश्रममा कानुनतर्फ कक्षा १२ मा अध्ययनरत छन् । सानै देखी नया र खोजमुलक कुरामा लाग्ने शर्मा धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा समेत अध्यन गरेका थिए । कमेडी च्याम्पियन हरेक शुक्रबार र शनिबार कान्तिपूर टिभीमा प्रशारण हुन्छ । त्योसँगै यस शोलाई ‘ओएसआर रियालिटी’ नामक युट्युब च्यानलमा पनि हेर्न सकिन्छ ।