कैलालीका भट्टले निर्देशन गर्ने फिल्मले पायो नाम, अनमोललाई ७५ लाख अफर !
2021/04/15, 3:09
 
99

अनमोल केसीलाई ७५ लाख अफर गरेको भनिएको फिल्मले नाम पाएको छ । निर्देशक मुकुन्द भट्टले बिहीबार फिल्मको नाम सार्वजनिक गरेका हुन् । भट्टका अनुसार फिल्मको नाम ‘एक्स ९ लेभल वन’ रहनेछ । पोस्टरमा निर्देशक भट्टले फिल्मलाई नेपालकै सबैभन्दा ठूलो एक्सन थ्रीलर बताएका छन् । 

फिल्ममा चल्तीका धेरै कलाकारको अभिनय रहने बताइएको छ । निर्देशक भट्टले फिल्मका लागि पुष्प खड्का र सौगात मल्ललाई मौखिक रुपमा फिल्म खेल्न मनाइसकेको चर्चा छ । अनमोल केसी पनि फिल्मका लागि सकारात्मक छन् । उनले जन्मदिनको दिन दिएको अन्तर्वार्तामा आएका अफरमध्ये यसका लागि सकारात्मक भएको बताएका थिए । 

यदि अनमोलले यो फिल्ममा काम गर्ने निर्णय गरे भने सौगात र अनमोल पहिलो चोटि पर्दामा आमनेसामने हुनेछन् । फिल्ममा निर्देशक भट्टले सौगातलाई भिलेन र अनमोललाई हिरोको रुपमा प्रस्तुत गर्ने बताएका छन् । 

नेपालसँगै विदेशका केही देशमा सुटिङ हुने फिल्मको बाँकी जानकारी भने सार्वजनिक भएको छैन ।  मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन २’ तीन पटक प्रदर्शन मिति घोषणा गरेर पनि सरेको छ । अघिल्लो साल मात्र फिल्म दुई चोटि सरेको थियो ।