सुदूरपश्चिमका धर्मेन्द्र ‘दि भ्वाइस अफ नेपाल’को नकआउट राउण्डमा प्रवेश
2021/04/25, 10:53
 
aa

बाजुराको बुढीनन्दा नगरपालिका–२ कोल्टीका २४ वर्षीय धर्मेन्द्र सुनारले ‘दि भ्वाइस अफ नेपाल’को ब्याटल राउण्ड पार गरेका छन् । शनिवार साँझ कोच प्रमोद खरेको टीमबाट ब्याटल राउण्डमा उनले बर्षा थापालाई पछि पारेका हुन् ।

ब्लाइन्ड अडिशनमा धर्मेन्द्रको प्रस्तुतिलाई मन पराएर सामाजिक सञ्जालमा उनी निकै भाइरल भएका थिए । बाजुराको दुर्गम ठाउँका उनले डिजिटल अडिनका लागि समेत घण्टौ हिँडेर मोबाइलन नेटवर्क आउने स्थानबाट अडियो पठाएको बताएका थिए ।

प्रत्येक टिमबाट छानिएका ९ जना प्रतियोगीले नकआउट राउण्डमा प्रतिष्पर्धा गर्नेछन् । ‘ब्लाइन्ड अडिसन’बाट प्रत्येक कोचले आफ्नो टिममा १६ जना प्रतियोगी लिएका थिए । आफ्नै टिमका दुई प्रतियोगी बीच हुने ब्याटलबाट प्रत्येक कोचले ८ जना छनोट गर्नेछन् ।

कोचलाई दिइएको एउटा स्टिलको अधिकारबाट कोचले अर्को टिमबाट आउट भएका एक जनालाई आफ्नो टिममा लिन पाउनेछन् । जुन अधिकार प्रयोग गरेर कोचले आफ्नो टिममा ९ जना प्रतियोगीतलाई राख्नेछन् ।