
कर्णाली तथा सुदूरपश्चिम क्षेत्रको मौलिक देउडा गीत तेरो मेरोको म्युजिक भिडियो सार्वजनिक भएको छ । देउडा गायिका रेखा जोशी र हिक्मत अबिरलको स्वरमा रहेको म्युजिक भिडियो शुक्रबार युटुवबाट सार्वजनिक गरिएको हो ।ध्रुब विश्कोको शब्द सृजनामा बनेको गीतमा सुशीलजङ्ग कुँवर, विवेकनाथ कुँवर, आरोही कर्मा र सुस्मिता कुँवरको अभिनय रहेको छ ।

राग भिजनको प्रस्तुतिमा बनेको यो गीतमा योगेश काजील्व संगीत भरेका छन् । गीतमा जगत तिरुवाले र्याप स्वर भरेका छन् ।जिबी आग्रीको निर्देशन रहेको म्युजिक भिडियोलाई दया शंकर चौधरीले छायाकन गरेका हुन् । गीतमा सुदूर तथा मध्यपश्चिमको बाल बिबाहलाई चित्रण गरिएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 7:45
2020/09/15, 10:23
2021/03/12, 12:03
2021/10/09, 11:49
2023/03/26, 10:26