२० वर्षपछि तेलुगु फिल्ममा शिल्पा
2021/05/19, 2:01
 
silpa

अभिनेत्री शिल्पा शेट्टी तेलुगु फिल्म देखिने भएकी छन् । उनी करिब २० वर्षपछि तेलुगु फिल्ममा देखिन लागेकी हुन् ।  समाचारको अनुसार महेश बाबु अभिनित फिल्म ‘एसएसएमबि २८’बाट उनी अभिनयमा फकिने सम्भावना छ । फिल्मको महत्वपूर्ण भूमिकाको लागि उनलाई अफर गरिएको बताइएको छ ।

फिल्म त्रिविक्रम श्रीनिवासको निर्देशनमा बन्न लागेको फिल्ममा शिल्पाको भूमिका महेश बाबुको काकीको रहेको छ । तर, शिल्पाले फिल्मको बिषयमा आधिकारीक पुष्टि गर्न बाँकी छ ।केही दिन अगाडि फिल्मको मुख्य भुमिकाको दौडमा जान्हवी कपुर र पूजा हेगडे सामिल भएको समाचार आएको थियो ।

१९९६मा ‘शशा वीरुदु सागरा कन्या’बाट तेलुगु फिल्ममा डेब्यु गरेकी शिल्पा पछिल्लो समय २००१मा रिलिज फिल्म ‘भलेवादिवी बैसु’मा देखिएकी थिइन् ।