लकडाउनमा फुरेको 'लिफ आर्ट' बाट परिचित हुदैँ कञ्चनपुरकी स्मृति
2021/06/05, 4:21
 
dd

कञ्चनपुरको वेदकोट नगरपालिका ३ दैजि कि स्मृति पाण्डेय । जो अहिले ‘लिफ आर्टिस्ट’ (पातमा चित्र बनाउने कलाकार) बाट परिचित छिन् । महेन्द्रनगरको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ दोस्रो सेमिस्टरमा अध्ययनरत स्मृति अहिले पिपलको पातमा तस्बिर कोर्ने देखि कागजमा विभिन्न ब्यक्तिका स्केच बनाउने,कार्ड बोर्डबाट चित्र बनाउनमा व्यस्त हुने गरेकी छिन्  ।

May be an illustration of one or more people

हुन त एका तिर कोरोना भाइरसको महामारीले शैक्षिक संस्था, यातायात,व्यापार,उद्योगका क्षेत्र ठप्प रहेका छन् । शैक्षिक संस्था बन्द हुँदा विद्यार्थीहरु र्फुसदिला बनेका छन् । यही मौकामा पाण्डे भने लकडाउनलाई भिन्ने तवरले सदुपयोग गर्दै आईरहेकी छिन् । कोरोना भाईरसका कारण देश पुरै लकडाउनमा छ । यसको असर सुदूरपश्चिममा पनि परेको छ ।

1

कैलाली-कञ्चनपुरमा पनि कोरोनाको चेन ब्रेक गर्नकै लागि जेठ मसान्त सम्म निषेधाज्ञा (लकडाउन) जारी छ । प्रशासनले सो अवधिमा अत्यावश्यक सेवा बाहेक बाँकी सबै सेवा बन्द गरेका छन् । तर यही समयमा दैजि कि स्मृति पाण्डेयलाई भने निषेधाज्ञाले कुनै असर गरेको छैन्।

‘‘लकडाउन भयो। के गरौँ, कसो गरौँ भन्ने थियो, त्यो अघि पनि कागजमा चित्र कोर्ने गथ्र्ये । अहिले लकडाउन पनि छ,शैक्षिक संस्था सबै बन्द छन्,पाण्डेले भनिन्, यो समयमा केही नयाँ दिन सकिन्छ कि भन्ने खोजी गर्ने सिलसिलामा लिफ आर्ट बनाउन तिर लागे ।”

अहिलेसम्म उनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त, धरहरा,गौतम बुद्ध,मिस नेपाल शृङ्खला खतिवडा, भगवानका तस्विर, प्रेमका तस्विर पिपलका पातमा कोरिसकेकी बताउँछिन् ।

1

अहिले कतिपय युवाहरु सामाजिक सञ्जालको प्रयोगले पनि अगाडी बढिरहेका छन्। सामाजिक सञ्जाल फेसबुक,युटुब लगायतको राम्रो सदुपयोग गर्ने हो भने धेरै कुरा सिक्न सकिने उनको भनाई छ ।

पहिलो चरणको कोरोना भाइरसको महामारीमा सरकारले लगाएको लकडाउनमा घरमा बसेर चित्र कोर्न थालेकी पाण्डे नयाँ किसिमका चित्र खोज्ने क्रममा युट्युवको सहयोग लिएर अहिले चित्र कोर्ने नयाँ तरिका सिकिरहेकी छिन् ।

 

अहिले उनले बनाएका तस्बिरहरु  फेसबुक र टिकटकमा पोष्ट गरिरहेको उनि बताउछिन् ।  उनका पोष्टहरु देखेर सबैबाट राम्रो प्रतिकृया पाईरहेको पाण्डेले  को भनाई छ ।  लिफआर्ट संगसँगै स्केच बनाउने,नयाँ नयाँ डिजाइनकन मण्डला बनाउन थालेको थाहा पाएपछि उनलाई पिपलको पातमा तस्बिर कोर्न, स्केच बनाइदिन भनि घरमै आउने छन् ।  घरपरिवारमा आमाबुबा,अंकलको साथ हौसला सहयोगले पढाईसङ्गसङ्गै चित्रकलालाई अगाडि बढाउदै लैजाने उनले बताईन् ।

3

3