दैनिक १० खिल्ली चुरोट सेवन गर्छन् १८ वर्षीय धिरु
2021/06/06, 11:28
 
lokraj bhatta

लोकराज भट्ट- दशरथचन्द नगरापालिका वडा नम्बर १ गुरुखोला श्रीखण्डका १८ वर्षीय महेश भट्ट गाउमा सबैले चिन्ने नाम धिरु  अहिले दैनिक जसो १० खिल्ली चुरोट भन्दा बढी पिउछन् । कक्षा ७ सम्म औपचारिक पढाइ गरेका तिनले ४ वर्ष पहिला ७ कक्षाको फाइनल परीक्षा नदिएर पढाइलाई बिश्राम दिएका हुन ।

आज भोलि गाउमा हुने कामहरुमा ज्याला मजदुरी गर्ने गर्छ्न । १२ वर्षको उमेरमा बाख्रा चराउन जादा लहै लहैमा अरुको देखासिकि उक्साहटबाट  रमाइलो हुन्छ भनेर चुरोटको सेवन सुरुवात गरेका थिए । गाउका अरु तिनकै उमेरका बालबालिका पनि तिनकै साथले चुरोट तथा गुटखा खान थालेका छन् । धिरु त्यो टोलको लागि मात्रै नभएर श्रीखण्ड गाउकै लागि राती १२ बजे भने पनि जे काम गर्न पनि तयार हुने सहयोगी भावका व्यक्ति हुन ।

स्थानीयहरुको लागि धुम्रपान तथा सूर्तीजन्य पदार्थ ओसारपोसार निकै गरिरहेकै हुन्छन् । एक हिसाबले भन्ने हो भने धिरु त्यो टोलका लागि सप्लायर्स जस्तै हुन जसले जे काम गराएपनि गरिदिने जे समान मगाएपनि ल्याइदिने । सबैले त्यसरी समान ल्याइदिए बाफत चुरोट तथा रक्सी खान दिएकै हुन्छन् ।   उनलाई अहिले गाउका जो सुकैबाट चुरोट रक्सी मागेर खान गारो हुदैन सकभर आफै दिन्छन नभए उनले सहज भावमा माग्ने गर्छन । उनलाई चुरोट खान पनि जो सँग पन खान्छन् आपनै दाइ काका सबै सँग मजाले साथि जस्तै मानेर खान्छन् । तिनका पिताले गाउघरमा हुने तम्बाकु खाने गर्छन लुकिछुपि मौका पर्ना साथ आफनै पिताको सुल्पा सल्काउन पनि बेर लगाउदैनन । 

धिरुका दाइ अल्कोहलिक छन् जहिले पनि रक्सी खाएर घर आउने तिनका दाइले आफु मात्रै खादैनन् भाइलाइ पनि भनेर सहजै रुपमा ल्यादिने गर्छन् । घरमा कसैको पनि डर मान्दैनन आफनै पितासँग पनि जुध्न जाने हुदा गाउका अरु व्यक्तिले पनि सम्झाउने बुझाउने गर्दैनन् । आजाद भएर हिडने तिनिले पढाइ त छोडे छोडे सँगै आफनो भविष्य अन्धकार तिर धकेले । दाइ वा गाउका अन्यले भनेको वा सम्झाएको भए यस्तो रुपमा बिग्रने थिएनन होला । धिरुले चुरोटको सेवन गर्ने बेला सबैले बालकका रुपमा हेरे अहिले तिनि चुरोट  रक्सी नभइ बाच्नै नसक्ने लतमा फसिसकेका छन् । घरमा शिक्षित व्यक्ति नहुँदा अभिभावकले ख्याल नगर्दा धिरुमा यस्तो समस्या आएको सहजै अनुमान लगाउन सकिन्छ । 

गाउमा हुने भोजभतेर, बिहे ब्रतबन्धमा धिरु बिरलै छुटने गर्छन, उमेरले सानो भएपनि तिनि काम गर्नमा खप्पिस नै छन् । तिनको काम गराइबाट सबै मान्छे प्रभावित भएर काम गर्न लगाइहाल्छन र राम्रो काम गर्छ भनेर यस्तो काम परेको बेला बोलाउने गर्दछन् । प्राय त्यो गाउका व्यक्तिहरु जो सानै उमेरमा पढाइ छोडेका हुन्छन वा सानो उमेरमा काम खाज्ने गर्छन् तिनिहरु भारत तिर जाने गर्छन तर धिरु भने भारत तिर भने जादैनन् एक पटक महेन्द्रनगर होटेलमा काम गर्न आएका थिए गर्मीका कारण काम गर्न नसकेर फर्केर घर नै गए । तिनलाई गाउ नै रमाइलो लागेको गाउमा नै तिनले मजाले चुरोट खान र रक्सी पिउन जसो तसो काम गरेर गुजारा चलाएकै छन् ।

तिनि अहिले समान्य निरन्तरको आम्दानी नहुदा त यसरी चुरोट रक्सी सेवन गर्छन भने भविष्यमा आम्दानी गर्दा कसरी खालान चेन स्माकर नै हुन्छन होला  । कहिले आम्दानी नभएको दिन कसैसँग चुरोट, बिडि माग्छन र  कसैले नदिएमा बाकी राखेर फालेका ठुटा पनि खाने गर्छन् । धिरुको यस्तो सेवनले धिरु मात्रै होइन तिनभन्दा साना बालकलाइ कति मानसिक असर गर्ला तिनकै सहपाठहिरुलाइ कति असर परेको होला सहजै अनुमान लगाउन सकिन्छ । धिरु त्यो समाजको एक प्रतिनिधि पात्र मात्रै हुन यिनि जस्तै अरु बालक पनि यस्तै धुम्रपान तथा रक्सी सेवनबाट पीडित नै छन । आजका बालबालिका भोलीका देशका कर्णधार हुन यि र यस्ता बालकलाई समयमा नै परामर्श दिएर  धुम्रपान तथा सूर्तीजन्य पदार्थको सेवनबाट  रोक्न सकेमा समाजबाट सूर्तीजन्य पदार्थ नियन्त्रण सहजै गर्न सकिन्छ । 
 
अभिभावकीय कमजोरी
धिरुका पिता समान्य साक्षर छन् , देवताका धामी हुन र  गाउमा धामी झाक्रीको काम गर्छन । गाउघर तिर धामी झाक्रीको धेरै काम हुने हुदा धिरुका पिता घरमा बिरलै बस्ने गर्छन । गाउ गर्खा तिर कोही बिरामी हुदा धिरुका पितालाई बोलाउने गर्छन् , बोलाएका ठाउमा  जानै पर्ने हुन्छ किनकी सामाजिक प्राणी भइसकेपछि गाउ ठाउमा सुख दुखमा जानै पर्ने भयो ।

यसरी पिताले घरमा नबस्ने अजादरुपमा हिडने बस्ने गर्छन् । धिरुलाइ आमाबाट पनि अभिभावकीय बोध भएन , आमा पनि पढे लेखेका नहुदा धिरुको अभिभावकीय जिम्मेवारी लिन सकेनन् भनौ उनले यस्तो सम्म आउदा समेत हेरबिचार गरेनन् । धिरुसँगैका अरुबालक पनि यस्तो सेवनबाट ग्रसित छन् । उनका अभिभावकहरु पनि हाम्रो सन्तान गलत बाटोमा छ भन्ने थाहा पाउदा पाउदै सम्झाउन सकिरहेका छैनन् ।

धिरुका पिता र आमालाइ धिरुले यसरी धुम्रपान गर्छ यसरी कुलतमा नफस भनेर भन्नु पर्छ किन भन्नु हुन्न भनेर सोध्यो भने धिरुका आमाबुवाको एउटै जवाफ हुन्छ “स्कुल पढ भनेकै हो पढेन, चुरोट नखाउ भनेर जति गाली गरेपनि, जति पिटे पनि भनेको मान्दैन के गर्ने अब आफनो भविष्य जे सुकै गरोस” एउटा आफनो बालक छोराका भविष्य अन्धकार हुदा समेत अब जे सुकै हो भन्न सम्म आमाबुवा पुगिसकेका छन भने त्यो बालकको भविष्य कस्तो होला हामी कल्पना मात्रै गर्न सक्छौ । 

यहि आलेख लेख्ने क्रममा अब तिमि धुम्रपान छोडन सक्छौ कि के छ रु भनेर धिरुलाई फोन गरेर सोध्दा ‘छोडन त कहा सकिन्छ र पायो भने बढाउन सकिन्छ मजाले हाँसेर जावाफ दिन्छन् ।’ यो भन्दा बढी सेवन गर्न सक्छौ त धेरै भएन र सानै उमेरमा भनेर अर्को प्रश्न सोध्दा उनले झन सहजै उत्तर दिए ‘अहिले दिनको ८।१० खिल्ली मज्जाले खाइन्छ एउटा बिराम पनि भएको छैन, यस्तो महामारीमा रुघाखोकी सम्म त लागेको छैन किन घटाउने बढाउन मज्जाले सकिन्छ ।’

यस्तो राम्रो होइन दीर्घकालिन स्वास्थ्यमा असर पर्छ भनेर सम्झाउदा फेरि भन्छन्  बुवा, दाइ गाउका अरु बृद्ध बालक सबै खान्छन उनीहरुलाइ केही भएन मलाई के नै हुन्छ र रु यसरी जवाफ दिएपछि सम्झाउने ठाउ पनि रहेन  नि खान्थे अझै खान्छन केहि  भने गाउमा धुम्रपान गर्नु हुदैन भनेर जान्ने धेरै थिए तर गाउका सबै जसो धुम्रपानको लतमा भएको भएर अरुले भनेको कुरा धिरुले सुन्ने पनि भएनन । गाउघर चिर अर्को समस्या भनेको आफुले खाए, म बिग्रिए अब अरुलाइ नखाऔ भनेर भनौ अरुलाई यस्तो सेवन गर्न नसिकाऔ भन्ने छैन की आफु त फसियो अब खानेहरुको सदस्यता बढाउनु पर्छ भन्ने भावना भएका व्यक्तिहरु हुदा यस्ता समस्या आउने गरेका हुन ।  

धुम्रपान रहित दिवसको सार्थकता
धुम्रपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको अह्वानमा मे ३१ तारिखमा विश्व धुम्रपान तथा सुर्ती रहित दिवस मनाउने गरिन्छ । मे ३१ मा नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइएको छ र बिगतका वर्षहरुमा पनि मनाइने गरिन्थ्यो ।  विश्व धुम्रपान तथा सुर्ती रहित दिवस मनाइरहदा धिरु जस्ता बालकहरुलाई कुनै असर परेको देखिदैन ।

खासमा यस दिवसको लक्षित वर्ग धिरु जस्ता बालकहरु हुनुपथ्र्यो तर धिरुलाई यस्तो दिवस मनाइन्छ भनेर थाहा पनि छैन र मतलब पनि छैन ।  सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न अहिले विद्यार्थी तथा धिरु जस्ता बालबालिका नै चुनौती हुन, लहै लहै र देखासिकिले गर्दा बालबालिका यसको ठूलो मारमा परेका छन्  । धिरु जस्ता बालबालिकालाई हामीले सूर्तीजन्य पदार्थको सेवनबाट मुक्त गराउन सक्यौ भने धुम्रपान रहित दिवस मनाएको सार्थकता पक्के मिल्ने छ ।