सुदूरपश्चिम प्रदेशमा आज बजेट सार्वजनिक हुँदै, २९ अर्ब हाराहारीको आउने
2021/06/15, 10:01

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज (मंगलबार) ल्याउदैछ । प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ल्याउने बजेट २९ अर्ब रुपैयाँको हाराहारीमा हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०७८/७९ का लागि ल्याउन लागेको बजेट चालू आर्थिक बर्षभन्दा कम आकारको हुने जनाईएको छ । प्रदेश सरकारले चालु आव २०७७/७८ मा साढे ३३ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । मन्त्रालयका अनुसार आव २०७८÷७९ को बजेट २८ देखि २९ अर्बका बीचमा आउने छ ।
आईतबारको प्रदेशसभा बैठकले नीति तथा कार्यक्रम पारित गरेसँगै प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज (मंगलबार) अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा बजेट पेस गर्दैछ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37