सुदूरपश्चिम प्रदेशमा बुधबार मृतकको संख्या शून्यमा झरेको छ । पछिल्लो २४ घण्टामा २०८ जना संक्रमित निको भई घर फर्किएका छन ।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा १५२ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा ९ सय १२ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन् । यी दुवै विधिबाट गरिएको परिक्षणमा ६१ जनामा संक्रमण पुस्टि भएको छ ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ८८ जनाको नमूना परीक्षण गर्दा ८ जना, महाकाली अस्पतालमा १२ जनाको नमूना परीक्षण गर्दा ३ र अछामको कमलबजार प्रयोगशालामा ४८ जनाको नमूना परीक्षण गर्दा २३ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तै डडेल्धुरा अस्पतालमा ४ जनाको नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुस्टि नभएको जनाइएको छ । हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ५१ हजार २७४ नमूना परीक्षण गर्दा ४३ हजार १५ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका ३३ हजार ५३६ जनाले कोरोना जितेका छन् भने, ५६१ जनाको मृत्यु भएको छ ।