
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र सामाजिक विकासमन्त्री लालबहादुर खड्काले त्रिनगर भन्सार क्षेत्रमा रहेको होल्डिङ सेन्टरको निरिक्षण गरेका छन् । भारतबाट आउने र जानेहरुका लागि सहजता ल्याउन बनाइएको होल्डिङ सेन्टर र नाकालाई व्यवस्थित बनाउन मन्त्रीद्धयले प्रक्रिया अगाडि बढाउयन बताएका छन् ।

होल्डिङ सेन्टरमा माटो भर्ने लगायतका काम गरेर अझ व्यवस्थित बनाइने मन्त्री खड्का स्वकीय सचिव भुवन वडुवालले बताए । सो अवसरमा सीमामा रहेका नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई काम गर्न सजिलो बनाउन दुईवटा गाडी दिने पनि जानकारी गराइएको थियो ।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/25, 9:48
2022/01/04, 11:20
2023/09/01, 1:20