
सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठक स्थगित भएको छ । प्रदेश सरकारले बजेट एवम् योजना तुर्जमाको ‘रातो किताब’ वितरणमा ढिलाइ गर्दा प्रदेशसभाको बैठक स्थगित भएको हो ।

आइतबार दिउँसो ३ बजे आह्वान गरिएको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफल हुने कार्यसूची थियो । तर, प्रदेश सरकारले बैठकमा ‘रातो किताब’ नै उपलब्ध नगराएपछि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।
प्रदेश सरकारले बैठकमै रातो किताब वितरण गर्ने तयारी गरेको थियो । तर, प्रदेशसभा सदस्यहरूले किताबको अध्ययन नगरी छलफल हुन नसक्ने बताएपछि सोमबार दिउँसो तीन बजे बस्ने गरी आइतबार बैठक स्थगित गरिएको हो ।

असार १ गते सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८-७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/11, 9:19
2023/02/06, 1:38
2025/02/13, 5:07