
नेकपा माओवादी केन्द्रले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै कैलालीका ४ जनप्रतिनिधि सहित देशभरका १४ जना लाई पदमुक्त हुनेगरी कारबाही गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको सोमबार बसेको केन्द्रीय कमिटि बैठकबाट यो निर्णय भएको केन्द्रीय सदस्य सुदन किरातीले जानकारी दिए ।

कैलालीमा पदमुक्त हुनेमा कैलालीको भजनी नगरपालिकाकी उपप्रमुख छायाँ देवकोटा,गौरीगंगा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भागिरथी विष्ट,गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पुरन बि.सी रहेका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/27, 10:10
2021/10/19, 11:45
2022/09/16, 8:29
2024/01/27, 4:41