
सोमबार सेती प्रादेशिक अस्पतालमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। पछिल्लो २४ घण्टामा अस्पतालमा १०५ जनाको नमुना परीक्षण गर्दा थप ८ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

पछिल्लो २४ घण्टामा अस्पतालबाट कोही पनि डिस्चार्ज भएका छैनन् भने थप १ जना नयाँ संक्रमित भर्ना भएका छन्।
हाल अस्पतालमा १७ जना संक्रमित उपचाररत छन्। जसमध्ये ८ जना संक्रमित आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/11, 9:19
2023/02/06, 1:38
2025/02/13, 5:07