सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४७ पुग्यो, कुन जिल्लाका कति ? (जिल्लागत विवरण सहित) 
2020/06/08, 8:09
 
korona

सुदूरपश्चिममा सोमबार थप ३७ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको सङख्या एक सय ४७ पुगेको छ । धनगढीको प्रयोगशालाबाट एक सय ३०, सुर्खेतको प्रयोगशालाबाट १२ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ ।

१८ जना कोरोनालाई जितेर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भईसकेको छ । यस्तै एक जनालाई भने थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ । बाँकी एक सय २६ जनालाई  सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न अस्पताल र क्वारेन्टिनमा राखिएको छ । कैलालीमा सबैभन्दा वढी कोरोना संक्रमित देखिएको अवस्था कञ्चनपुर, डडेल्धुरा र दार्चुलामा पनि कोरोना संक्रमितको संख्या बढेको छ । सोमबार कैलालीको जानकी गाउँपालिकाका एक जना पुरुषमा कोरोना पुष्टि भएको छ । योसँगै कैलालीमा संक्रमितको संख्या ४८ पुगेको छ । यो संख्या प्रदेशभरीकै सवैभन्दा वढी हो । 

कञ्चनपुरपछि सवैभन्दा वढी संक्रमित कञ्चनपुरका रहेका छन् । सोमवार मात्रै कञ्चनपुरका १९ जनामा कोरोना पुष्टि भएको छ । सोमवार पुर्नवास नगरपालिकाका १३ जना पुरुष, भीमदत्त नगरपालिकाका दुई महिला, तीन पुरुष र शुक्लाफाँटा नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो । यो सँगै कञ्चनपुरमा संक्रमितको संख्या ३२ जना पुगेको छ । 

b

अहिलेसम्म अछामका १५, डडेल्धुरामा १४, दार्चुलामा ११, डोटीमा १०, बझाङमा ८, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ । दार्चुलामा सोमवार मात्रै १० जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । दार्चुलाको शैल्यशिखर नगरपालिकाका ८ जना पुरुष, लेकम गाउँपालिका र महाकाली नगरपालिकाका एक÷एक पुरुषमा पुष्टि भएको हो । 

डडेल्धुरामा पनि सोमवार ७ जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुराको परशुराम नगरपालिकाका तीन पुरुष, नवदुर्गा गाउँपालिकाका दुई पुरुष, अमरगढी नगरपालिकाका एक महिला र एक पुरुष गरी सात जनामा कोरोना पुष्टि भएको सेती प्रादेशि अस्पतालले जनाएको छ ।