
साहित्यकार एवं प्राध्यापक डा. दुर्गाप्रसाद (डिपी) भण्डारीको निधन भएको छ। लामो समयदेखि फोक्सोसम्बन्धी रोगले ग्रसित उनको राजधानीको ह्याम्स अस्पतालमा उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।

साहित्यकार भण्डारीका ‘रोदी र फूल’, ‘त्यो धर्ती, त्यो आकाश’, ‘मृगस्थली’, ‘निरो बाँसुरी बजाइरहेछ’ लगायत निबन्धसंग्रह प्रकाशित छन्। डोटीको निरौलीमा जन्मिएका भण्डारीले साहित्यसँगै प्राध्यापनमा पनि सक्रिय थिए।
उनले त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागमा लामो समय काम गरेका थिए। यस्तै, उनले विभिन्न देशमा विश्वविद्यालयमा ‘भिजिटिङ प्रोफेसर’का रूपमा पनि काम गरेका थिए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/06, 12:21
2021/07/11, 10:30
2022/03/18, 6:25
2023/04/17, 12:05