सुदूरपश्चिममा हालसम्म ४८ हजारभन्दा वढीको कोरोना परिक्षण, ४० हजारको आरटिडी, ८ हजारको मात्रै पिसिआर (भिडियो सहित)
2020/06/09, 7:51
 
korona

सुदुरपश्चिम प्रदेशमा हालसम्म ४८ हजारभन्दा वढीमा कोरोना परिक्षण भएको छ । सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार आरडिटी र पिसिआर गरी दुवै विधिबाट ४८ हजार एक य ६५ जनाको कोरोना परिक्षण गरिएको हो । त्यसमा सवैभन्दा वढी आरडिटी विधिबमट गरिएको छ । निर्देशनालयका अनुसार आरडिटी विधिबाट ४० हजार ६ सय ८२ वटा नमुना संकलन गरिएकोमा ३९ हजार एक सय ८९ जनाको परिक्षण गरिएको छ । त्यसमा एक हजार ५ सय तीन जनाको नतिजा पोजेटिभ आएको छ । उनीहरुको पिसिआर विधिबाट जाँचका लागि थ्रोब स्वाव संकलन गरी सकिएको स्वास्थय निर्देशनालयले जनाएको छ । 

पिसिआर विधिबाट ९ हजार एक सय ६६ वटा नमुना संकलन गरीएकोमा ७ हजार चार सय ८३ जनाको जाँच गरिएको छ । त्यसमा ७ हजार ती सय ३८ जनाको नमुना नेगेटिभ आएको छ । एक हजार ६ सय ८२ वटा नमुना परिक्षणको क्रममा रहेका छन् । ती नमुनाहरु धनगढी स्थित प्रयोगशालाको डिफ्रिजमा थन्किएका छन् ।  सुदूरपश्चिम प्रदेशमा ४० हजार बढीमा ¥यापिड टेस्ट गर्दा एक हजार पाँच सय बढीमा पोजेटिभ देखाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिममा ४० हजार ६ सय ८२ जनामा ¥यापिड टेस्ट गर्दा एक हजार पाँच सय तीन जनामा पोजेटिभ देखाएको हो।

सबैभन्दा बढि बैतडीमा चार सय २५ जनामा आरडिटी पोजेटिभ देखाएको छ । त्यसपछि कैलालीमा तीन सय २६, कञ्चनपुरमा एक सय ७९, डडेल्धुरामा एक सय ७४, बाजुरामा एक सय १०, डोटीमा एक सय नौँ, बझाङमा ८३, अछाममा ७७ र दार्चुला जिल्लामा २० जनामा एन्टिबडी देखाएको निर्देशनालयले सोमवार साँझ सार्वजनिक गरेको तथ्याङमा उल्लेख छ । 

यस्तै चार सय ८२ जनाको रिपोर्ट भने इरर देखाएको छ । ¥यापिड टेस्टमा पोजेटिभ देखाएपछि कोरोना भए, नभएको पुष्टि पीसीआर परीक्षणबाट हुने गरेकोमा अधिकासंको भने पीसीआर परीक्षण बाँकी छ । प्रदेश स्वास्थ्य निर्देशनालयले भने सुदूरपश्चिममा एउटा मात्रै प्रयोगशाला भएको र आरडिटी धेरैमा पोजेटिभ देखाएकोले परीक्षणमा समस्या भएको जनाएको छ । निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले क्षमता अनुसार दैनिक परीक्षण भईरहेको बताउँदै थ्रोट स्वाबको नमुना संकलन बढि र परीक्षण क्षमता कम हुँदा समस्या देखिएको बताए ।