सुदुरपश्चिममा ६५ हजार जना क्वारेन्टिनमा, विभिन्न जिल्लाहरुमा १४ हजार वेड क्वारेन्टिन खाली (भिडियो सहित) 
2020/06/09, 8:20
 
korona

सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भारतबाट आएका झण्डै ६५ हजारलाई क्वारेन्टिनमा राखिएको छ । भारतमा कोरोना भाइरसको जोखिम भएको क्षेत्रबाट फर्किएका ६४ हजार सात सय १२ जनालाई नौँ जिल्लाका एक हजार सात सय ५७ वटा क्वारेन्टिनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

क्वारेन्टिनमा राखिएका मध्ये ५४ हजार ६ सय ७३ जना पुरुष र १० हजार ३९ जना महिला रहेका छन । सबैभन्दा बढि कैलालीमा २०७ हजार आठ सय ५६ जना, डोटीमा १० हजार ४८ र कञ्चनपुरमा सात हजार सात सय ५८ जनालाई क्वारेन्टिनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ ।

अछाममा ७ हजार ५ सय ४२ जना, बैतडीमा ४ हजार २ सय ८४ जना, डडेल्धुरामा चार हजार ४ सय २२ जना, बझाङमा दुई हजार ४ सय २५ जना, बाजुरामा तीन हजार ८ सय ९१ जना, दार्चुलामा एक हजार पाँच् सय जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु भारत सहित कोरोनाको जोखिम भएको क्षेत्रबाट फर्किएका हुन। सुदूरपश्चिम प्रदेशमा ७१ हजार २ सय ७५ जना अटाउने क्वारेन्टिन स्थापना गरिएको छ ।

सुदुरपश्चिम स्वास्थय निर्देशनालयका अनुसार हालसम्म ७८ हजार ७ सय ८ वटा वृड सहितको क्वारेन्टाईन निर्माण गरिएका छन् । त्यसमा अव १३ हजार नौ सय ९३ वेड अझै खाली रहेका छन् ।