
अभिनेता शाहरुख खानको मुख्य भुमिका रहने फिल्म ‘पठान’को सुटिङ फेरि सुरु भएको छ । शुक्रबारबाट यशराज स्टुडियोमा फिल्मको सुटिङ सुरु भएको हो ।

फिल्म ‘पठान’मा शाहरुख अहिलेसम्मकै फरक भुमिकामा देखिँदैछन् । फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण, जोन अब्राहम र डिंम्पल कपाडियाको समेत महत्वपुर्ण भुमिका रहनेछ ।
फिल्ममा सलमान खानको पनि स्पेशल केमियो रहने बताइएको छ । फिल्मको यस अगाडि कोरोना भाइरसको दोस्रो लहर सुरु हुन अगाडि सुटिङ सुरु भएको थियो ।

कोरोना कहरका कारण देशमा लकडाउन गरिएकोले सुटिङ रोकिएको थियो । अहिले कोरोनाको कहर कम भएको छ । त्यसैले निर्माण युनिटले फेरि फिल्मको काम सुरु गरेको हो ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/06, 12:21
2021/07/11, 10:30
2022/03/18, 6:25
2023/04/17, 12:05