जिन्दगीलाई रङ्गिन देख्नु छ भने मुस्काएर हेर्नुस
2021/06/27, 6:17
 
bb

जिन्दगीलाई रङ्गिन देख्नु छ भने मुस्काएर हेर्नुस

जो भाग्यमा छ त्यो भागेर पनि आउनेछ र जो भाग्यमा छैन त्यो आएर पनि भाग्ने छ

आज खुशीका दिन छन भनेर आफन्तजन नभुल्नुहोस, जब दिन बिग्रिन्छ, नि तब माकुरो पनि आफ्नो जालमा आफै फस्छ  ।  सारै गाह्रो रहेछ उसलाई भुलाउन, जसले तिमीलाई सम्झनको लागि अनेकौ यादहरु दिएको हुन्छ ।  दुश्मनहरुलाई रुवाउनु छ भने मन खोलेर हास्ने गर्नुस, दुश्मन आफै जलेर मर्नेछन् ।

जो मान्छेहरुले तपाईलाई दौडेर हराउन सक्दैनन्, ति मान्छेहरुले तपाईको मनलाई तोडेर हराउने कोसिस गर्ने छन्, त्यसैले आफ्नो मनलाई बलियो बनाउनुहोस् । याद राख्नुस, तपाईको मन एकदमै मुल्यवान छ त्यसैले मनमा तिनीहरुलाई मात्र ठाउ दिनु जो तपाईको मनमा रहनको लागि लायक छन् र तपाईको मनको कदर गर्छन् ।  आफ्नो मिनेटमा ध्यान दिनुहोस, घण्टाली आफ्नो ध्यान आफै राख्नेछ ।

जो मान्छेले जिन्दगीमा हद भन्दा हद पिडा पाएको हुन्छ त्यो मान्छे कहिल्यै रुदैन, बस चुपचाप बस्ने गर्छ किनकि उसले रुदा रुदा पीडालाई जितिसकेको हुन्छ ।  जती राम्रो संग तपाई अरु संग, अरुको श्रीमती संग, अरुको आमा बाबु संग, अरुको बाल बच्चा संग बोल्नुहुन्छ त्यतिनै राम्रो संग जुन दिन तपाई आफ्नो घर परिवार संग बोल्न सुरु गर्नुहुन्छ, त्यो दिनबाट तपाईको घर स्वर्ग हुनेछ ।

तिमी जे बन्न सक्छौ त्यो बन्नको लागि अझैँ पनि ढिला भएको छैन ।  सिलाई मेसिनमा धागो नभए पनि चल्न त चल्छ तर त्यसबाट सिउने काम हुदैन, त्यसैगरी सम्बन्धमा माया छैन भने जिन्दगी चल्न त चल्छ तर सम्बन्धको मिठास आउने काम हुदैन ।

कसैको पिडा देखेर त्यसलाई महशुस गर्ने मन हुनु त ठिक हो तर बिपत्ति पर्दा दुख र पीडाको बाढी आउदा पनि पहाड जस्तै अडिग र अटल बनेर त्यसलाई सामना गर्ने हुन पनि जरुरी छ ।  चित्त दुख्ने बित्तिकै रोइहाल्नु हुदैन, सबै चित्त दुखाउनेहरु आँशुको लायक हुदैनन् ।

आफ्नो उमेर र पैसाको कहिले पनि घमण्ड नगर किनकि जे चिज गन्न सकिन्छ नि त्यो चिज बिस्तारै सकिदै पनि जान्छ । मायाको अर्थ माया गर्नेले पो बुझ्छ, नाटक गर्नेले त कहिल्यै बुझ्दैन । भुल हुनु प्रकृति हो, स्वीकार गर्नु संस्कृति हो र सुधार गर्नु प्रगति हो ।

 

लेखक: - छवि राज जोशी 

सुदुरपश्चिम् प्रदेश धनगढी कैलाली