भारतबाट कार चोरी गरेर ल्याएर नेपालमा बिक्री गर्ने गरेका पाइएको छ । चोरीमा संलग्न हुनेले नेपालमा नक्कली ब्लुबुकसमेत बनाएको भेटिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कार चोरीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएसँगै भारतमा चोरिएका कार नेपालमा प्रयोग हुने गरेको खुलेको हो । प्रहरीले नक्कली ब्लूबुक बनाएको अभियोगमा थप दुई जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिसकिएको छैन ।
कार्यालयका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार काठमाडौंको भीमसेनगोलामा रहेको एक पसलबाट नक्कली ब्लुबुक बनाउनेलाई पक्राउ गरिएको हो । उनी भन्छन्, ‘उनीहरुले विश्वविद्यालयका सर्टिफिकेटहरु पनि नक्कली बनाउने गरेको पाइएको छ
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2022/07/15, 10:56
2023/11/25, 12:26
2020/06/30, 6:27
2020/11/08, 5:57
2021/08/17, 4:59