
रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ फेरि सुरु हुने भएको छ । करिब दुई महिनादेखि रोकिएको शो आज शुक्रवारबाट सुरु हुन लागेको हो । शोका निर्देशक विशाल भण्डारीले आज शुक्रबारबाट शो नियमित हुन लागेको जानकारी दिए ।

कार्यक्रम प्रसारणका लागि गत आइतबार उत्कृष्ट नौ प्रतियोगिताहरूको प्रस्तुति छायाँंकन गरिएको छ । त्यसक्रममा स्वास्थ्य–सुरक्षाका सम्पूर्ण मापदण्डहरु पुरा गरिएको निर्माण पक्षको दावी छ ।
कार्यक्रममा सेलिब्रेटी जजको रूपमा अभिनेत्रीद्वय करिश्मा मानन्धर तथा रेखा थापालाई प्रस्तुत गरिएको छ । सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई, ऋचा शर्मा भने नियमित जजको रुपमा रहेको शोका निर्माता केकी अधिकारी, रिमा विश्वकर्मा, विशाल भण्डारी तथा राज घिमिरे हुन् ।शोको पहिलो सिजन दर्शक रुचाएपछि दोस्रो सिजन पनि सुरु गरिएको हो ।

2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/05/27, 5:16
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/18, 7:42
2021/09/19, 8:09
2022/08/13, 5:30
2023/12/18, 10:49
2020/08/31, 5:36