संसार फेरि फेरि पनि मुस्कुराउनेछ
2021/07/04, 5:06
 
janak sir

"आहा"

बजार बिस्तारै खुल्न लाग्याे

हाे, अब त

काेराेना कहर जानै लाग्यो

बजार पनि खुल्नै लाग्यो,

तर,

त्याे पर कुनाकाे खाेका किन खुलेन,

उ तरकारीवाली आमा कहा गई हाेलिन

त्यो पानीपुरीवाला कल्लु पनि कतै देखिदैन त,

जुताकाे पसलमा किन अझैे ताल्चा झुन्डिएको छ,

ए हाे र,

कठै

याे दाेश्राे लहरले यिनैलाई लगेछ

जिवनकाे एकान्कीपन छाेडी गएछ,

आकाश खुल्ला, धर्ती मुस्कुराउला

सबै चिज खुल्ला, पहिलै जसाे हाेला

तर निभेकाे दियाे फेरि फेरि नजल्ला,

त्याे कालु दाई एक्लै मात्रै कहा गयाे हाेला र,

पुरै परिवारकाे भविष्यसंगै लग्यो हाेला

कसैकाे स्कुल छुट्याे

कसैकाे घरै टुट्यो

कसैकाे चुडी टुट्यो

कसैकाे आशै टुट्यो

तर पनि

संसार फेरी फेरि पनि मुस्कुराउनेछ,

कसैकाे घरमा दशै आउने छ

कसैकाे घरमा तिहार आउने छ

हर्केदाई, धर्मदाईकाे खुव याद आउनेछ

तर,

यि सबैका मुहारमा मुस्कान कहिले छाउनेछ ?

हासाे कहिले आउनेछ ?

(सन्दर्भ: काेराेना, लकडाउन, सुरक्षा र परिस्थिति)