सुदुरपश्चिमका १५८ जना कोरोना संक्रमित, दुई जनाको मृत्यु, १३ ले कोरोना जिते, ६ डिस्चार्ज, १३७ उपचारत कुन जिल्लामा कति ? (जिल्लागत विवरण सहित) 
2020/06/09, 8:50
 
korona

सुदूरपश्चिममा मंगलावर थप ११ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप १० जना र एक जना गर्भवतीमा कोहलपुर मेडिकल कलेजमा कोरोना पुष्टि भएको हो । धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका ७, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका एकरएक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

कैलालीको टीकापुर नगरपालिका २३, २४, ३६ र ४० बर्षीय पुरुष, धनगढी उप–महानगरपालिकाका दुई बर्षीय बालिका र २८ बर्षीय महिला, मोहन्याल गाउँपालिकाका १७ बर्षीय युवकमा कोरोना पुष्टि भएको हो । डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २२ बर्षीय युवक, दार्चुलाको लेकम गाउँपालिकाका २६ बर्षीय युवक, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २५ बर्षीय युवकमा कोरोना पुष्टि भएको हो । उता प्रदेश ५ मा पनि अछामकी एक महिलामा आज नै कोरोना पुष्टि भएको थियो । योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ५८ पुगेको छ । 

b

कैलालीः अहिलेसम्म सबैभन्दा बढि कैलालीका ५५ जना संक्रमित रहेका छन् । त्यसमा एक जनाको मृत्यु भएको छ भने ९ जना निको भएका छन् । ४५ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । एक जनालाई काठमाण्डौं रेफर गरिएको छ ।

कञ्चनपुरः कञ्चनपुरमा ३३ जना संक्रमित पुगेका छन् । उनीहरुमा एक जना निको भएका छन । ३२ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । 

अछामः अछाममा संक्रमितको संख्या १६ पुगेको छ । एक जना निको भएका छन् । दुई जनालाई निको नहुदैं अस्पतालबाट डिस्चार्ज गरिएको छ । १३ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

डडेल्धुराः डडेल्धुरामा १५ जना संक्रमित पुगेका छन् । उनीहरुमा एक जना निको भएका छन् । १४ जनाको उपचार भईरहेको छ । 

दार्चुलाः दार्चुलामा १२ जना संक्रमित पुगेका छन् । उनीहरुमध्ये एक जना मंगलवार मात्रै निको भएका छन् । ११ जनाको उपचार भईरहेको छ । 

डोटीः डोटीका १० जना कोरोना संक्रमित पुगेका छन् । उनीहरु सवै उपचारत छन् । एक जना पनि हालसम्म निको भएका छैनन् । 

बझाङः बझाङमा ८ जना संक्रमित पुगेका छन् । उनीहरुमा सवैको उपचार भईरहेको छ । 

बैतडीः बैतडीमा ६ जना संक्रमित पुगेका छन् । उनीहरुमा एक जना निको भएका छन् । ४ जनालाई निको नभईकन अस्पतालबाट डिस्चार्ज भएका छन् । एक जनाको उपचार भईरहेको छ । 

बाजुराः बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ । उनीहरुमा एक जनाको मृत्यु भईसकेको छ । दुई जनाको उपचार भईरहेको छ  

सुदुरपश्चिममा पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने १९ जना घर फर्किसकेका छन् । अहिलेसम्म धनगढीको प्रयोगशालाबाट एक सय ४०, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ ।