सुदूरपश्चिममा हालसम्म साढे ५२ हजारको कोरोना परिक्षण, ८ हजारको मात्रै पिसिआर जाँच 
2020/06/10, 7:21
 
korona

सुदुरपश्चिम प्रदेशमा हालसम्म ५२ हजारभन्दा वढीमा कोरोना परिक्षण भएको छ । सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार आरडिटी र पिसिआर गरी दुवै विधिबाट ५२ हजार ६ सय ६२ जनाको कोरोना परिक्षण गरिएको हो ।

त्यसमा सवैभन्दा वढी आरडिटी विधिबाट गरिएको छ । निर्देशनालयका अनुसार आरडिटी विधिबाट ४४ हजार ८ सय ८८ वटा नमुना संकलन गरिएकोमा ४३ हजार एक सय ७ जनाको परिक्षण गरिएको छ । त्यसमा एक हजार ७ सय ८१ जनाको नतिजा पोजेटिभ आएको छ । उनीहरुको पिसिआर विधिबाट जाँचका लागि थ्रोब स्वाव संकलन गरी सकिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

2

पिसिआर विधिबाट ९ हजार दुई सय ९४ वटा नमुना संकलन गरीएकोमा ७ हजार सात सय ७७ जनाको जाँच गरिएको छ । ७ हजार ६ सय २२ नमुनाको रिर्पोट नेगेटिभ आएको छ । एक हजार ५ सय १७ वटा नमुना परिक्षणको क्रममा रहेका छन् । ती नमुनाहरु धनगढी स्थित प्रयोगशालाको डिफ्रिजमा थन्किएका छन् ।  

¥यापिड टेस्टमा पोजेटिभ देखाएपछि कोरोना भए, नभएको पुष्टि पीसीआर परीक्षणबाट हुने गरेकोमा अधिकाशंको भने पीसीआर परीक्षण बाँकी छ । प्रदेश स्वास्थ्य निर्देशनालयले भने सुदूरपश्चिममा एउटा मात्रै प्रयोगशाला भएको र आरडिटी धेरैमा पोजेटिभ देखाएकोले परीक्षणमा समस्या भएको जनाएको छ ।