सुदूरपश्चिमका तीन स्रष्टालाई ‘प्रदेश प्रतिभा सम्मान पुरस्कार ’
2021/07/13, 12:36
 
aa

कैलालीको धनगढीमा सुदूरपश्चिमका तीन स्रष्टा सम्मानित भएका छन् । सामाजिक विकास मन्त्रालयले एक कार्यक्रमको आयोजना गर्दै फरक फरक बिधाका तीन जनालाई सम्मान गरेको हो ।

भानुजयस्तीको अवसर पारेर सम्मानित हुनेहरूमा नरेन्द्रराज रेग्मी, यज्ञराज यात्री र हरिचन्द्र जोशी  रहेका छन् ।  रेग्मीलाई सङ्गीत तथा नाट्य विधा, यात्रीलाई साहित्य विधा र जोशीलाई सांस्कृतिक विधामा सम्मान गरिएको हो ।

कार्यक्रममा सभामुख अर्जुन बहादुर थापा,सामाजिक विकास मन्त्री लालबहादुर खड्का र सामाजिक राज्य मन्त्री मना साउदको उपस्थिति रहेको थियो । कार्यक्रममा मादन पुरस्कार विजेता रामलाल जोशी लगायत एक दर्जन बढी स्रष्टाहरूको पनि उपस्थिति रहेको थियो ।