सुदुरपश्चिमका १८ सय ९१ स्थानका क्वारेन्टिनमा ६६ हजार जनालाई राखियो
2020/06/10, 7:39
 
korona

सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भारतबाट आएका झण्डै ६६ हजारलाई क्वारेन्टिनमा राखिएको छ । भारतमा कोरोना भाइरसको जोखिम भएको क्षेत्रबाट फर्किएका ६५ हजार ८ सय ९१ जनालाई नौँ जिल्लाका एक हजार ८ सय १३ वटा क्वारेन्टिनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

क्वारेन्टिनमा राखिएका मध्ये ५५ हजार ७ सय १० जना पुरुष र १० हजार दुई सय ६१ जना महिला रहेका छन । सबैभन्दा बढि कैलालीमा २१ हजार चार सय ५४ जना, डोटीमा १० हजार ४ सय जना र कञ्चनपुरमा सात हजार दुई सय ४० जनालाई क्वारेन्टिनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ ।

अछाममा ८ हजार एक सय ४५ जना, बैतडीमा ४ हजार ४ सय ५७ जना, डडेल्धुरामा चार हजार ४ सय १० जना, बझाङमा तीन हजार एक सय ४४ जना, बाजुरामा पाच हजार दुई सय २३ जना, दार्चुलामा एक हजार पाँच सय १८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरु भारत सहित कोरोनाको जोखिम भएको क्षेत्रबाट फर्किएका हुन । सुदूरपश्चिम प्रदेशमा ८० हजार एक सय ८ जना अटाउने क्वारेन्टिन स्थापना गरिएको छ ।