सुदूरपश्चिममा १५१७ नमूनाको कोरोना परीक्षण बाँकी, संकलित नमूना धनगढी प्रयोगशालामा परीक्षणको क्रममा
2020/06/10, 7:47
 
korona

सुदूरपश्चिममा १५१७ नमूनाको कोरोना परीक्षण बाँकी रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारी अनुसार एक हजार ५ सय १७ वटा नमुना परिक्षणको क्रममा धनगढी स्थित प्रयोगशालामा रहेका छन् । सुदूरपश्चिम प्रदेशमा २४ घण्टामा दुई सय ९४ जनाको कोरोना परीक्षण गरीएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारी अनुसार २४ घण्टामा दुई सय ९४ जनाको परीक्षण गरिएपति ती नमुना जाँच गर्न बाँकी रहेका हुन् । कैलालीका सात, कञ्चनपुर डडेल्धुरा र दार्चुलाका एक÷एक जनाको रिपोर्ट पोजेटिभ देखाएको छ भने बाँकी दुई सय ८४ जनाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको निर्देशनालयले जनाएको छ । 
सुदूरपश्चिमका विभिन्न जिल्लाबाट मंगलबारसम्म संकलन भएका एक हजार पाँच सय १७ नमुना परीक्षण गर्न बाँकी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार संकलित नमूना अहिले धनगढी प्रयोगशालामा परीक्षणको क्रममा रहेका छन् । 

निर्देशनालयले संकलन गरिएकै नमुना परीक्षण गर्न बाँकी रहेको भन्दै पाँच दिनका लागि थप संकलनको काम स्थगित गरीसकेको छ । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म सात हजार सात सय ७७ जनाको कोरोना परीक्षण भएकोमा एक सय ५८ जनामा संक्रमण पुष्टि भईसकेको छ । संक्रमित मध्ये १९ जना डिस्चार्ज भएका छन् भने दुई जनाको मृत्यु भएको छ। यस्तै धनगढीका एक संक्रमितलाई सेती प्रादेशिक अस्पतालले काठमाडौँ रेफर गरेको छ ।

निर्देशनालयका अनुसार पिसिआर विधिबाट ९ हजार दुई सय ९४ वटा नमुना संकलन गरीएकोमा ७ हजार सात सय ७७ जनाको जाँच गरिएको छ । ७ हजार ६ सय २२ नमुनाको रिर्पोट नेगेटिभ आएको छ । एक हजार ५ सय १७ वटा नमुना परिक्षणको क्रममा रहेका छन् । ती नमुनाहरु धनगढी स्थित प्रयोगशालाको डिफ्रिजमा थन्किएका छन् ।  

¥यापिड टेस्टमा पोजेटिभ देखाएपछि कोरोना भए, नभएको पुष्टि पीसीआर परीक्षणबाट हुने गरेकोमा अधिकाशंको भने पीसीआर परीक्षण बाँकी छ । प्रदेश स्वास्थ्य निर्देशनालयले भने सुदूरपश्चिममा एउटा मात्रै प्रयोगशाला भएको र आरडिटी धेरैमा पोजेटिभ देखाएकोले परीक्षणमा समस्या भएको जनाएको छ ।