सुदुरपश्चिममा कोरोना कहरः भारतबाट आएकाहरुका कारण स्थिति भयावह बन्दै
2020/06/10, 9:11
 
korona

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या १५८ पुगेको छ । ४० दिनसम्म शान्त रहेको प्रदेशमा भारतबाट नेपालीहरु आउने क्रम वढेसँगै कोरोनाका संक्रमितहरु पनि एक्कासी वढिरहेका छन् । यस अघि चैत १४ गतेदेखि वैशाख १ गतेसम्म ५ जना मात्रै संक्रमित रहेका थिए । उनीहरु सवै जना कोरोनालाई जितेर घर फर्किएपछि प्रदेश कोरोनाका विरामी मुक्त भएको भन्दै प्रचार समेत गरियो । बीचको ४० दिन शान्त रहेको सुदुरपश्चिममा पछिल्लो तीन  सातामा मात्रै संक्रमितको संख्या ह्वात्तै वढेको छ ।

दुई सातामा ८१ जना संक्रमित पुष्टि भएका छन् । कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएका धेरै नमुनाहरु जाँच गर्न बाँकी रहेकोले संक्रमित थपिने सम्भावना रहेको सम्बद्धहरु बताउँछन् । परिक्षणको दायरा वढाउँदै लगिएकोले संक्रमित संख्या वढ्न सक्ने सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । 

अधिकांश संक्रमित भारतबाटै आएका
सुदुरपश्चिममा देखिएका १५८ जना मध्ये अधिकांश भारतबाट आएका छन । अहिलेसम्म एक जना दुवईबाट आएकालाई लागेको छ भने केहीलाई नेपालमै संक्रमण भएको हो । सुदुरपश्चिममा सुरुमा संक्रमण पुष्टि भएका ५ जना मध्ये दुई जना भारतबाट आएका थिए भने एक जना दुवईबाट र एक जना महिला वीरगंजबाट आएकी थिईन् । अर्की महिलालाई भने दुवईबाट आएका देवरबाट सरेको थियो । उनीहरु पाँचै जना निको भईसकेका छन् । 

पछिल्लो तीन सातामा देखिएका १५२ जना संक्रमितहरु मध्ये डडेल्धुराका एक जना संक्रमित सरकारी कर्मचारी हुन । उनी कही कतै गएका छैनन् । उनी निको भएर पनि घर फर्किसकेका छन् । एक जना स्वास्थ्यकर्मी र एक जना स्वास्थ्यकर्मीसँगै काम गर्ने अर्की स्वास्थ्यकर्मी हुन् । वाँकी संक्रमित भारतबाट आएका हुन् । अछामका एक पुरुष पनि वेलम्बु कोभिड १९ अस्पतालमा निको भएका छन् । उनी कतै गएका छैनन् ।

संक्रमितमध्ये अछामका एम्बुलेन्स चालक हुन भने कञ्चनपुरका स्वास्थ्यकर्मी रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । उनीहरु दुवै जनाको धनगढीको कोरोना अस्पतालमा उपचार भईरहेको छ । त्यसैगरी कैलालीको जानकी गाउँपालिकाका ८ जना संक्रमित मध्ये २ जना नेपालका विभिन्न स्थानबाट आएको र बाँकी भारतबाट विभिन्न नाका भएर आएको गाउँपालिकाका अध्यक्ष प्रदीप चौधरीले बताए । त्यसैगरी टीकापुरमा पनि भारतबाट आएर क्वारेन्टाईनमा वसेका एक महिला सहित ४ जना पोजेटिभ आएको टीकापुर नगरपालिका मेयर तपेन्द्र कुँवरले बताए । लम्की चुहा नगरपालिकाका एक युवकले कोरोना जितिसकेका छन । उनी पनि भारतबाट आएका थिए ।

त्यसैगरी धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकामा पनि धेरै  जना पोजेटिभ देखिएका छन् । उनीहरुलाई एकै क्वारेन्टाईनमा राखिएको अवस्थामा संक्रमित भएका हुन् । उनीहरुलाई उपचारका लागि महाकाली अञ्चल अस्पतालको आइसोलेसनमा राखिएको गौरीगंगाका मेयर भीम देउवाले बताए । उनका अनुसार सीमा नाकामा अव्यवस्थित भिडभाड, पालिकाका वासिन्दाहरुलाई एउटै सवारी साधनमा ल्याएर एउटै क्वारेन्टाईनमा राख्दा एकभन्दा वढी जना सँगै रहेकाहरुलाई कोरोना पुष्टि भईरहेको छ । कञ्चनपुरको वेतकोट नगरपालिकाकीका लागि ३३ बर्षीय महिला र उनकी ११ महिनाकी छोरीलाई पनि कोरोना पुष्टि भएको थियो । उनीहरु पनि भारतबाट आएका हुन । कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाका एक जना युवकले कोरोना जितिसकेका छन र उनी चडचौकी नाका भएर नेपाल आएका थिए ।

कञ्चनपुरमा थपिएका ३१ जनामा पुर्नवास नगपालिकाकै २१ जना रहेका छन । त्यसमा दुई जना स्वास्थ्यकर्मीहरु हुन वाँकी भारतबाट आएकाहरु हुन् । उनीहरुको उपचार गर्दागर्दै ती स्वास्थ्यकर्मी संक्रमित भएको  पुर्नवास नगरपालिकाका मेयर जीवन थापाले बताए । उनीहरु भारतबाट फर्किएका र एकै क्वारेन्टाईनमा वसेका रहेका छन् । कञ्चनपुरका संक्रमितमध्ये तीन जना प्रहरी रहेका छन् । उनीहरु भारतबाट आउनेहरुलाई सुरक्षार्थ चड्डाचौकी नाकामा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

अछाममा १५ जना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये १३ जना भारतबाट आएका हुन् । दुई जनामा एक जना एम्बुलेन्स चालक हुन । अर्का एक जना वेलम्बु अस्पतालमा निको भएका छन् । डोटीमा पनि १० जना संक्रमित पुगेका छन् । शिखर नगरपालिका र केआईसिंह गाउँपालिकाका उनीहरु सवैको धनगढीमा उपचार भईरहेको छ । उनीहरु सवै जना त्रिनगर नाका भएर फर्किएका हुन् । वझांगमा ८ जना संक्रमित रहेका छन् । उनीहरु मध्ये एक जना काठमाण्डौंबाट आएका हुन् भने वाकी सातै जना विभिन्न् समयमा भारतबाट आएका हुन् । 

दार्चुला संक्रमित पनि विभिन्न नाका भएर भित्रिएका हुन् । एक जनाले कोराना जितेका छन भने वाँकीको उपचार भईरहेको छ । वैतडीका ६ जना संक्रमित पनि भारतबाटै आएका हुन् । उनीहरुमध्ये ५ जना त्रिनगर नाका भएर एक दिनको अन्तरमा धनगढी भित्रिएका हुन । उनीहरुमध्ये एक जनाले कोरोना जितेका छन भने वाँकी ३ जनालाई कोरोना निको नहुदै घर पठाईएको छ । दुई जनाको भने सेतीमा उपचार भईरहेको छ । वैतडीको थुनुवा कक्षमा कोरोना भएका पुरुषहरु पनि भारतबाटै आएका हुन । उनी युवतीको हत्या आरोपमा पक्राउ गर्नुभन्दा ६५ दिन अगाडी भारतबाटै आएको वैतडी प्रहरीले जनाएको छ । 

बाजुराका तीन जना संक्रमित पनि भारतबाटै आएका हुन । त्यसमा दुई बर्षीया बालिकाको मृत्यु भएको र उनकी आमाको जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको वाजुराको वुढीगंगा नगरपालिकाका मेयर दिपक विक्रम शाहले बताए । अर्का पुरुषको पनि सुर्खेतमा उपचार भईरहेको छ । उनी पनि रुपडिया नाका भएर भारतबाटै आएका हुन् । 

कैलाली र कञ्चनपुरका नाका भएर पछिल्लो तीन सातामा झण्डै ९० हजारभन्दा वढी स्वदेश फर्किएर सम्बन्धित ठाउँ पुगेका छन् । उनीहरुलाई सीमा क्षेत्रमा कोरोना जाँच गरेर ल्याउनुपर्ने हो तर नेपाल भित्रिएका एक हजार ८ सय जनाको मात्रै कोरोना जाँच सीमामा भएको छ । बाँकी नेपालीहरुलाई चेकजाँच विना भित्र्याउनुले थप खतरा वढेको सेती प्रादेशिक अस्पतालका कोरोना विभाग प्रमुख डाक्टर शेरवहादुर कमर बताउँछन् । ठुलो भिड एकै ठाउँमा कुनै सुरक्षा सर्तकर्ता नअपनाएर आउनु र त्यसमा पनि कोरोना जाँच नहुनु भनेको नेपालीहरुसँगै कोरोनालाई भित्र्याईरहेको डाक्टर कमरको भनाई छ ।