सुदूरपश्चिमका लागि सुदूरपश्चिम समाज टेक्सासले पिसिआर मेसिन र किट खरिद गर्न पहल गर्दै
2020/06/10, 10:00
 
korona

सुदूरपश्चिम प्रदेशका लागि सुदूरपश्चिम समाज टेक्ससले पिसिआर मेसिन र किट खरिद गर्न पहल गरेको छ । प्रदेशमा कोरोना संक्रमण बढ्दै गएपछि टेक्ससले पिसिआर मेसिन र किट खरिद गर्न पहल कदमी थालेको छ । सुदूरपश्चिममा भारतबाट दैनिक ५ देखि ७ हजार व्यक्ति भित्रिरहेका छन् । तर उनीहरुको कोरोना परिक्षण गर्न प्रादेशिक प्रयोगशालाले मात्रै धान्न नसक्ने भएकाले पिसिआर मेसिन र किट खरिद गर्न पहल भईरहेको  सुदूरपश्चिम नेपाली समाज टेक्सासका महासचिब गुड्डी भण्डारीले जानकारी दिए ।

उनले कोरोना परिक्षण आरटि–पिसिआर मेसिन र कीट खरिदको लागि अमेरिकाको टेक्सासमा पहल कदमीको सुरुवात गरिएको बताए । उक्त मेसिन खरिद गरि जडान भएमा यस प्रदेशमा कोरोनाको जोखिम पत्ता लगाउन र जोखिमबाट बाहिर निकाल्न तथा यसको रोकथाम र नियन्त्रणमा ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ । सुदूरपश्चिम नेपाली समाज टेक्ससले अमेरिकाका विभिन्न राज्यमा छरिएर रहेका सम्पूर्ण सुदूरपश्चिेमली नागरिकहरुलाई प्रदेशका जनताको स्वास्थ्य तथा सुरक्षाका लागि सहयोग गर्न समेत आग्रह गरेको छ ।

नेपालमा सात सय भन्दा बढी आईसियु हुदाँ सुदूरपश्चिममा भने ९ वटा मात्र आईसियु रहेका छन् । यसैगरी देशभरी ३०० बढी भेन्टिलेटर हुदाँ सुदूरपश्चिममा ४ वटा मात्र भेन्टिलेटर छन । तर सुदूरपश्चिम प्रदेशमा भारटबाट स्वदेश फर्कने नागरिकहरु अन्य प्रदेशको तुलनामा बढी रहेका छन । त्यसकारण प्रदेशका जनताको स्वास्थ्य उपचारमा समस्या हुने देखिएको छ ।  सुदूरपश्चिमका ९ वटै जिल्लामा क्वारेन्टाईनमा ६० हजारभन्दा बढी व्यक्तीहरु बसिरहेका छन ।

प्रदेशमा एउटा मात्र पिसिआर मेसिन हुदाँ क्वारेन्टाईनमा बसेकाहरुको पिसिआर परिक्षण गर्न समस्या भईरहेको छ । भारतबाट दैनिक ५ देखि ७ हजार व्यक्ति भित्रिरहेका छन् ।
यतिबेला सुदूरपश्चिमका ९ वटै जिल्लामा क्वारेन्टाईनमा ६६ हजार भन्दा बढि व्यक्ति छन् । तर किट र पीसीआर मेसिनको अभावमा सुदूरपश्चिममा हालसम्म भारतबाट आएका व्यक्तीहरुको पीसीआर परीक्षण हुन  सकेको  छैन ।