कैलालीमा बलात्कारको मुद्धा मिलाउन घुस खाने प्रहरी र सामुदायिक वनका अध्यक्ष विरुद्ध आरोपपत्र दायर
2020/06/10, 3:37
 
aktiyar

कैलालीमा बलात्कारको मुद्धा मिलाउन ५० हजार घुस खाने प्रहरी सहित दुई जनाविरुद्ध आरोपपत्र दायर भएको छ । ईलाका प्रहरी कार्यालय मसुरीया कैलालीका प्रहरी नायव निरीक्षक दिलबहादुर महरा र मसुरियाको लक्ष्मी सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर धामी विरुद्ध ५० हजार बिगो कायम गर्दै आरोपपत्र दायर गरिएको हो । वुधवार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

 सोही घटनामा बैशाख तेस्रो साता बलात्कार उद्योग आरोपमा श्रीमान र जेठाजु पक्राउ परेका थिए । जिल्लाको गौरीगंगा नगरपालिकाकी १६ बर्षीय युवतीमाथि जवरजस्तीकरणी गर्न खोजेको भन्दै उनका १७ बर्षीय श्रीमान र जेठाजुलाई प्रहरी पक्राउ गरेको थियो । सोही मुद्धा मिलाईदिन्छु भन्दै ५० हजार घुस लिने सामुदायिक वनका अध्यक्ष धामीलाई भने अख्तियारले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा अध्यक्ष धामीले प्रहरी नायव निरिक्षक महराको लागि घुस मागेको खेलेपछि उनी विरुद्ध पनि आरोपपत्र दायर भएको अख्तियारले जनाएको छ ।