धनगढीमा अत्याधुनिक सुविधा सम्पन्न शैक्षिक संस्था सञ्चालनमा
2021/07/25, 9:40
 
dd

सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेज सञ्चालनमा आएको छ ।  शनिवार गुरु पूर्णिमाको अवसर पारि तत्कालीन नेपाल वेस्टर्न एकेडेमीले परिचित नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेजलाई नयाँ व्यवस्थापनले लिए सँगै नयाँ स्थान र नयाँ जोसका साथ सञ्चालनमा ल्याइएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । 

धनगढी उप-महानगरपालिका वडा नम्बर २ मा विभिन्न विषय विज्ञबाट ट्युसन, ब्रिज कोर्स तथा लोकसेवा आयोग तयारी कक्षा लगायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको तत्कालीन स्टार प्रा।ली भएको भवनबाट सञ्चालन हुने उक्त कलेजमा २१ औँ सताब्दिको अत्याधुनिक प्रविधि, एसी युक्त तथा साउन्ड प्रुफ कक्षा कोठा, सुदूरपश्चिम प्रदेशमै नयाँ अभ्यास ६० सिट सङ्ख्या भएको खुल्ला पुस्तकालय लगायतका विभिन्न आधुनिक शैक्षिक सामग्रीहरूको उचित व्यवस्थापनका तथा प्रयोग गरी विद्यार्थीहरू लाई पठनपाठन गर्ने व्यवस्था गरिएको छ । 

विद्यार्थीहरू १२ घण्टा कलेजमा बिताउने भएको हुनाले विद्यार्थी र अभिभावकलाई सन्तुष्ट पार्ने गरी आफूहरूले नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेज सञ्चालनमा ल्याएको बताउँदै नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेजका व्यवस्थापन समिति अध्यक्ष शैलेश सिंहले नितान्त आफ्नो कलेज व्यवसाय मुखी भन्दा पनि सेवा मुखी भएको बताए ।

साथै धनगढीको क्रिसेन्ट सिटी स्कुल पनि पनि आफूहरूको व्यवस्थापन टिमले सञ्चालन गर्ने जानकारी दिँदै अध्यक्ष सिंहले  अहिले आफूहरूले क्रिसेन्ट सिटी स्कुलको पनि कक्षा ११को मात्रै भर्ना गरिरहेको र कक्षा ११ मा कानुन, जनरल म्यानेजमेन्ट र होटेल म्यानेजमेन्ट संकायको मात्रै भर्ना गरिरहेको जानकारी दिए ।