सुदुरपश्चिमका १६४ जना कोरोना संक्रमित, दुई जनाको मृत्यु, १३ ले कोरोना जिते, ६ डिस्चार्ज, १४३ उपचारत कुन जिल्लामा कति ? (जिल्लागत विवरण सहित) 
2020/06/10, 7:45
 
korona

सुदूरपश्चिममा मंगलावर थप ६ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा वुधवार थप ६ जनामा कोरोना पुष्टि भएको हो । धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका ५ र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

b

कैलालीको टीकापुर नगरपालिका १९, २३, २५, २६ र ३५ बर्षीय पुरुष र कञ्चनपुरको बेलौरीका २२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ६४ जना पुगेको छ । 

कैलालीः अहिलेसम्म सबैभन्दा बढी कैलालीका ६० जना संक्रमित रहेका छन् । त्यसमा एक जनाको मृत्यु भएको छ भने ९ जना निको भएका छन् । ५० जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । एक जनालाई काठमाण्डौं रेफर गरिएको छ ।

कञ्चनपुरः कञ्चनपुरमा ३४ जना संक्रमित पुगेका छन् । उनीहरुमा एक जना निको भएका छन । ३३ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । 

अछामः अछाममा संक्रमितको संख्या १६ पुगेको छ । एक जना निको भएका छन् । दुई जनालाई निको नहुदैं अस्पतालबाट डिस्चार्ज गरिएको छ । १३ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

डडेल्धुराः डडेल्धुरामा १५ जना संक्रमित पुगेका छन् । उनीहरुमा एक जना निको भएका छन् । १४ जनाको उपचार भईरहेको छ । 

दार्चुलाः दार्चुलामा १२ जना संक्रमित पुगेका छन् । उनीहरुमध्ये एक जना मंगलवार मात्रै निको भएका छन् । ११ जनाको उपचार भईरहेको छ । 

डोटीः डोटीका १० जना कोरोना संक्रमित पुगेका छन् । उनीहरु सवै उपचारत छन् । एक जना पनि हालसम्म निको भएका छैनन् । 

बझाङः बझाङमा ८ जना संक्रमित पुगेका छन् । उनीहरुमा सवैको उपचार भईरहेको छ । 

बैतडीः बैतडीमा ६ जना संक्रमित पुगेका छन् । उनीहरुमा एक जना निको भएका छन् । ४ जनालाई निको नभईकन अस्पतालबाट डिस्चार्ज भएका छन् । एक जनाको उपचार भईरहेको छ । 

बाजुराः बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ । उनीहरुमा एक जनाको मृत्यु भईसकेको छ । दुई जनाको उपचार भईरहेको छ । 

अहिलेसम्म सबैभन्दा बढि कैलालीका ६० जना, कञ्चनपुरमा ३४, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ८, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने १९ जना निको भएर घर फर्किसकेका छन्। अहिलेसम्म धनगढीको प्रयोगशालाबाट एक सय ४६, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ ।