
काठमाडौंबाट उडेका बुद्ध एयरका २ जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् । धनगढीका लागि उडेको बुद्धको ९ एन-एएमडी जहाज साँझ ६ बजे विमानस्थलमा अवतरण गरेको छ ।

बुद्ध एयर स्रोतका अनुसार जहाजमा ‘प्राविधिक गडबडी’ आएको पत्ता लागेपछि चालक दलका सदस्यले जहाज तत्काल विमानस्थल फर्काउने निर्णय लिएका थिए । त्यसपछि जहाज विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ । जहाजमा ६९ जना यात्रु सवार थिए । उनीहरुलाई आजै अर्को जहाजबाट धनगढी पठाइँदैछ । साथै साँझ ७ बजे बुद्धको अर्को एक जहाज पनि काठमाडौंमा आकस्मिक अवतरण गरेको छ ।
काठमाडौंबाट नेपालगन्ज उडेको जहाजमा एक यात्रु बेहोस भएपछि पाइलटले जहाज काठमाडौं नै फिर्ता गरेका हुन् । सो जहाज उनलाई काठमाडौं झारेर पुनः नेपालगन्ज उड्ने कम्पनीका एक उच्च अधिकारीले जानकारी दिए ।

2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/25, 9:19
2020/12/17, 1:52
2021/07/28, 9:30
2022/04/27, 1:47
2023/01/28, 2:56