कैलालीका अभिनेता विराज भट्ट फिल्मको छायांकन क्रममा घाइते भएका छन् । उनी भोजपुरी फिल्म ‘आक्रोश’को छायांकनका क्रममा घाईते भएका हुन् । अभिनेता भट्ट घाइते भएपछि यो फिल्मको छायांकन समेत रोकिएको निर्माण पक्षले जनाएको छ ।
भारतको लखनउमा छायांकन भइरहेको यो फिल्म केहि दिनसम्म छायांकन रोकिएको हो । विराजले एक्सन स्टन्ट गर्दा बायाँ खुट्टाको घुँडामा समस्या आएको हो । उनको घुँडामा रगत जमेका कारण दुई साता डाक्टरले आराम गर्न सल्लाहा दिएपछि विराजले जानकारी दिएका छन् ।
फिल्मलाई सन्दिप सिंहले निर्देशन गरिरहेको छन् भने फिल्ममा विराजसँगै प्राची सिंह, सन्जय पाण्डे, मनोज टाइगर लगायतका कलाकारको अभिनय छ । निषेधाज्ञा खुकुलो भएसँगै यो फिल्म छायांकनमा निस्किएको थियो । फिल्मको करिव ४० प्रतिशत भन्दा बढी काम सकिएको निर्माण पक्षले जानकारी दिएको छ
2024/05/04, 4:22
2024/05/04, 4:19
2024/05/04, 4:11
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/07/19, 8:48
2020/12/07, 8:27
2022/03/21, 11:31
2023/04/20, 12:02