
दार्चुलामा घरेलु तथा साना उद्योग थपिँदै गएका छन्। पछिल्लो समय जिल्लामा घरेलु उद्योग थपिन थालेसँगै लगानी गर्ने क्रम पनि बढ्दै गएको बताइएको छ।

गत आर्थिक वर्ष २०७७/७८ मा मात्रै ४ सय ३३ वटा उद्योग दर्ता भएका छन्। उद्योग नवीकरण अन्तर्गत एक वर्षको अवधिमा १८२ वटा उद्योगहरु नवीकरण गरिएका, वाणिज्य दर्ता अन्तर्गत १८७ वटा र अन्य कार्यमा ५४ वटा रहेका घरेलु तथा साना उद्योग कार्यालय दार्चुलाले जनाएको छ।
वाणिज्य नवीकरण अन्तर्गत ४२७ वटा तथा १५८ वटा अन्य कार्यमा रहेका छन्। कार्यालयका अनुसार हालसम्म १७ लाख ८२ हजार ८सय १३ रुपैँया राजस्व संकलन गरिएको छ। जिल्लामा नयाँ उद्योग थपिएसँगै रोजगारीमा पनि वृद्धि भएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:47
2021/12/02, 10:20
2020/05/12, 4:43
2020/09/09, 2:45