सुदुरपश्चिममा भारतबाट आएका ६६ हजार जनालाई क्वारेन्टिनमा राखियो
2020/06/11, 7:17
 
korona

सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भारतबाट आएका झण्डै ६६ हजारलाई क्वारेन्टिनमा राखिएको छ । भारतमा कोरोना भाइरसको जोखिम भएको क्षेत्रबाट फर्किएका ६५ हजार १ सय १२ जनालाई नौँ जिल्लाका एक हजार ८ सय १३ वटा क्वारेन्टिनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

क्वारेन्टिनमा राखिएका मध्ये ५५ हजार ५ सय ८३ जना पुरुष र १० हजार ५ सय २९ जना महिला रहेका छन । उनीहरु भारत सहित कोरोनाको जोखिम भएको क्षेत्रबाट फर्किएका हुन । सुदूरपश्चिम प्रदेशमा ८१ हजार तीन सय ३२ जना अटाउने क्वारेन्टिन स्थापना गरिएको छ ।

सबैभन्दा बढि कैलालीमा २१ हजार दुई सय ५६, जनालाई क्वारेन्टिनमा राखिएको छ। डोटीमा १० हजार तीन सय ६, कञ्चनपुरमा सात हजार एक सय ७४ जनालाई क्वारेन्टाईनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ।

यस्तै बैतडीमा चार हजार एक सय ५०, डडेल्धुरामा तीन  हजार आठ सय ५८,  अछाममा नौ हजार तीन सय ३६, बझाङ तीन हजार दुई सय ३७, बाजुरामा पाँच हजार तीन सय ८९ र दार्चुलामा एक हजार चार सय ६ जनालाई क्वारेन्टाईनमा राखिएको छ।