सुदूरपश्चिममा हालसम्म साढे ५६ हजार बढीको कोरोना परिक्षण, आठ हजारको मात्रै पिसिआर जाँच 
2020/06/11, 7:27
 
korona

सुदुरपश्चिम प्रदेशमा हालसम्म ५६ हजारभन्दा वढीमा कोरोना परिक्षण भएको छ । सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार आरडिटी र पिसिआर गरी दुवै विधिबाट ५६ हजार एक सय ९५ जनाको कोरोना परिक्षण गरिएको हो । त्यसमा सवैभन्दा वढी आरडिटी विधिबाट गरिएको छ ।

निर्देशनालयका अनुसार आरडिटी विधिबाट ४८ हजार दुई सय २० जनाको परिक्षणा गरिएकोमा ४६ हजार एक सय १३ जनाको रिर्पोट नेगेटिभ आएको छ । परिक्षण गरिएको नमुनामा एक हजार ४ सय ५९ जनाको नतिजा पोजेटिभ आएको छ । उनीहरुको पिसिआर विधिबाट जाँचका लागि थ्रोब स्वाव संकलन गरी सकिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पिसिआर विधिबाट ९ हजार चार सय ८२ वटा नमुना संकलन गरीएकोमा ७ हजार नौ सय ७५ जनाको जाँच गरिएको छ । ७ हजार ८ सय १४ नमुनाको रिर्पोट नेगेटिभ आएको छ । एक हजार ४ सय ५९ वटा नमुना परिक्षणको क्रममा रहेका छन् । ती नमुनाहरु धनगढी स्थित प्रयोगशालाको डिफ्रिजमा थन्किएका छन् ।  

¥यापिड टेस्टमा पोजेटिभ देखाएपछि कोरोना भए, नभएको पुष्टि पीसीआर परीक्षणबाट हुने गरेकोमा अधिकाशंको भने पीसीआर परीक्षण बाँकी छ । प्रदेश स्वास्थ्य निर्देशनालयले भने सुदूरपश्चिममा एउटा मात्रै प्रयोगशाला भएको र आरडिटी धेरैमा पोजेटिभ देखाएकोले परीक्षणमा समस्या भएको जनाएको छ ।