
सुदूरपश्चिममा १४५९ नमूनाको कोरोना परीक्षण बाँकी रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारी अनुसार एक हजार ४ सय ५९ वटा नमुना परिक्षणको क्रममा धनगढी स्थित प्रयोगशालामा रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारी अनुसार २४ घण्टामा केही नमुनाहरु परीक्षण गरिएपति ती नमुना जाँच गर्न बाँकी रहेका हुन् । निर्देशनालयका अनुसार संकलित नमूना अहिले धनगढी प्रयोगशालामा परीक्षणको क्रममा रहेका छन् ।

निर्देशनालयले संकलन गरिएकै नमुना परीक्षण गर्न बाँकी रहेको भन्दै पाँच दिनका लागि थप संकलनको काम स्थगित गरिसकेको छ । कोरोना परीक्षण भएकोमा एक सय ६४ जनामा संक्रमण पुष्टि भईसकेको छ । संक्रमित मध्ये १९ जना डिस्चार्ज भएका छन् भने दुई जनाको मृत्यु भएको छ । यस्तै धनगढीका एक संक्रमितलाई सेती प्रादेशिक अस्पतालले काठमाडौँ रेफर गरेको छ ।
¥यापिड टेस्टमा पोजेटिभ देखाएपछि कोरोना भए, नभएको पुष्टि पीसीआर परीक्षणबाट हुने गरेकोमा अधिकाशंको भने पीसीआर परीक्षण बाँकी छ । प्रदेश स्वास्थ्य निर्देशनालयले भने सुदूरपश्चिममा एउटा मात्रै प्रयोगशाला भएको र आरडिटी धेरैमा पोजेटिभ देखाएकोले परीक्षणमा समस्या भएको जनाएको छ ।
