सुदुरपश्चिममा दुई बालिका सहित २२ जना महिला कोरोना संक्रमित, दुई जनाको मृत्यु, दुई निको, १७ जना उपचारमा 
2020/06/11, 8:36
 
korona

सुदुरपश्चिममा दुई बालबालिका सहित २२ जना महिला संक्रमित भएका छन् । उनीहरुमध्ये दुईक जनाको मृत्यु भएको छ । दुई जना निको भएर घर फर्किएका छन् भने  १८ जनाको उपचार भईरहेको छ । बाजुरामा २ वर्षीया बालिकाको कोरोना भाईरस ९कोभिड—१९० का  कारण मृत्यु भएको पुष्टि भईसकेको छ । त्यस्तै धनगढीकी ५५ बर्षीया महिलाको पनि कोरोनाका कारण मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

बाजुरामा कोरोनाका कारण मृत्यु भएकी बालिका र उनकी आमा जेठ १३ गते गौरीफन्टा नाका भएर आएका थिए । उनकी आमाको जिल्ला अस्पताल वाजुरामा उपचार भईरहेको छ । डोटीमा तीन जना कोरोना संक्रमित रहेको छन । उनीहरुमा एक दुई बर्षीया वालिका छन भने दुई जना महिला महिला रहेका छन् । उनीहरुको महाकाली अस्पतालमा उपचार भईरहेको छ । 

कैलालीमा पनि कोरोनाका कारण एक जना ५५ बर्षीया महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की महिलाको मृत्युपछि कोरोना पुष्टि भएको हो । धनगढीमा उनी सहित पाँच जना संत्रमित पुगेका छन् । त्यसमा दुई बर्षीया बालिका उनकी आमा र फुलवारीकी एक महिलाको उपचार जारी रहेको छ । धनगढी उपमहानगपालिका वडा नम्बर ५ की महिला भने कोरोना जितेर घर फर्किसकेका छन् ।

गएको चैत २२ गते धनगढीकी ३४ बर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई दुवईबाट आएका देवरबाट कोरोना सरेको थियो । बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा कोरोना पुष्टि भएको थियो । उनी पूर्वी नेपालबाट सुदूरपश्चिम आएकी थिईन । उनीहरु दुवै जना कोरोनालाई जितेर घर फर्किसकेका छन् । कैलालीको टीकापुर र गौरीगंगामा पनि तीन जना महिलालाई कोरोना पुष्टि भएको छ । उनीहरुको टीकापुर अस्पताल र महाकाली अस्प्तालमा उपचार भईरहेको छ । डडेल्धुरामा पनि दुई जना महिलामा कोरोना संक्रमण भएको छ ।

उनीसँगै एक जना स्वास्थ्यकर्मीलाई पनि कोरोना भएको छ । त्यसैगरी गन्यापधुरा गाउँपालिककी महिलामा कोरोना पुष्टि भएको छ । अछाममा दुई महिला संक्रमितको उपचार भईरहेको छ । एक बालिका भने निको नहुदै अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।  वडा नम्वर ४ कुष्कोटका २७ वर्षीया एक जना महिला उपचारमा रहँदा अर्की गर्भवती महिलाको कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा उपचार भईरहेको छ । उनी गर्भवती महिला हुन् । जेठ १३ गते अछामको मेल्लेख गाउँपालिकाकी ११ बर्षीय बालिकामा कोरोना पुष्टि भएको थियो । उनलाई सेतीले कोरोना निको नहुदै घर फर्काएको छ । 

कञ्चनपुरमा पनि तीन जना महिलालाई कोरोना पुष्टि भएको छ । उनीहरुमध्ये दुई जना महिला प्रहरी रहेका छन् । उनीहरु सवैको महाकाली अस्पतालमा उपचार भईरहेको छ । वझांगमा पनि दुई जना महिलालाई कोरोना संक्रमण भएको छ । उनीहरुको उपचार जारी रहेको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।