देशभन्दा ठुलो संविधान होइन सेनाहरुका लागि देश प्यारो की ? सांसदहरू र नेताहरू प्यारो ?
2020/06/11, 10:45
 
sena

मुलुक भन्दा ठुलो संविधान होइन संविधान फेरि पनि बन्न सक्छ । सेनाहरुका लागी मुलुक प्यारो की ? राजनीतिक दलहरूका भ्रष्ट, हत्यारा र मुलुकलाई ध्वस्त गर्ने सांसदहरू र  नेताहरू प्यारो ? माओवादीहरुले पनि द्वन्द कालमा नेपाली सेनाहरुलाई सिध्याउन खोजेको नै हो । हालमा आएर पनि मन्त्री र नेताहरूले कहिले सेनाहरुको संख्या कम गर्ने भन्छन ? कहिले सेनाहरुको रेन्जर गण हटाउनु पर्ने वा खारेज गर्ने भन्छन आखिरमा गर्न खोजेको के ?

जुनसुकै मुलुकमा पनि मुलुकको हित र रक्षाका लागी सेनाहरु महत्त्वपूर्ण अंग र शक्तिशाली रूपमा मानिन्छ । तर हाम्रो मुलुकमा भ्रष्ट मन्त्री र नेताहरुले विभिन्न किसिमबाट सेनाहरुलाई कमजोर बनाउने खेल भइ रहेको छ । ससाना कुराहरूलाई पनि अब सेनाहरुले गम्भीरतापूर्वक नलिएमा विश्वमा नै नेपालको सेना बदनाम हुने स्थिति आउन सक्छ । सेनाहरुले थाहा पाउनुपर्ने कुरा मुलुक भन्दा ठूलो संविधान होइन । संविधान फेरि पनि बन्न सक्छ । मुलुकमा के सहि भइ रहेकोे के गल्ती भइ रहेको छ भन्ने कुरा प्रमुख हो । तपाईंहरु आफै भन्नुस् के प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरू संविधान बमोजिम चलेका छन ? हाम्रो मुलुकमा प्रजातन्त्र र गणतन्त्रको सहि सदुपयोग भएको छ र ? नागरिकहरुले सहि कामहरू गर्नका लागी प्रतिनिधिहरुलाई निर्वाचनमा चुनेर पठाएका हुन। जनताहरु बाट निर्वाचित हुँ भन्दैमा दुरुपयोग र मनपरि गर्न पाइन्छ ? कोरोना भाइरसको महामारीको समयमा दुरुपयोग गर्नेहरुले अरु समयमा के बाँकी राख्लान ?

कोरोना भाइरसको महामारीमा लकडाउनको समयमा अर्बौंको भ्रष्टाचार, सत्ता लिप्सा र सत्ता परिवर्तनको खेल के यो सहि हो ? हग्नेलाई भन्दा देख्नेलाई लाज । यसकारण मुलुकको हित भन्दा ठुलो संविधान होइन यो सबैले बुझ्नुपर्ने कुरा हो । बाहिरी मुलुकहरुमा सेनाहरुको लागि मुलुकको स्वाधीनता र अस्मिता भन्दा ठुलो केही पनि हुँदैन ? सेनालाई राजनीतिक संग सरोकार नै हँदैन । तर नेपालमा सेनाहरु पनि राजनीतिक दलहरूको कार्यकर्ता र सदस्य भए जस्तो छ नि ? कोरोना भाइरसको महामारीमा समेत स्वास्थ्य सामग्रीमा भ्रष्टाचार, कालोबजारी र स्वास्थ्य सामग्रीको चोरी गर्न नछाड्ने हरुले अरु समयमा मुलुक संग गद्दार गर्न के बाँकी राख्लान ?

बाहिरी मुलुकमा सेनाहरु मुलुकको स्वाधीनता प्रति मात्र जिम्मेवार हुन्छन । विक्रम सम्वत २०५२ साल देखि आजसम्म मुलुक संक्रमणकालीन बाट चल्दै आइरहेको अवस्था छ । हाम्रो मुलुकमा प्रधानमन्त्री, मन्त्री र सांसदहरूको कारण मुलुकको स्वाधीनता धरापमा पर्दा पनि सेनाहरुको आस्था दलहरू प्रति मात्र देखिन्छ । हाम्रो मुलुकमा लुटनका लागी गणतन्त्र ल्याइएको हो । आफ्नो कार्यकर्ताहरु, श्रीमती, श्रीमान, छोरा, छोरी, बुहारी आदि आदि जस्ता नाता, गोता, पाल्न र लुटनका लागि संघीयता र समानुपातिक निर्वाचन प्रणाली ल्याइएको हो । तर हाम्रो मुलकका लागि संघीयता र समानुपातिक निर्वाचन प्रणाली  घातक छ । यसकारण प्रदेश सरकारहरु र समानुपातिक निर्वाचन प्रणाली तत्काल खारेज गरिनुपर्छ ।

सेनाहरुको लागि मुलुकको स्वाधीनता र अखण्डताभन्दा ठुलो र प्यारो राजनीतिक दलहरूका नेताहरू होइन र ? कोरोना भाइरसको महामारीमा मुलुकमा संकट परेको बेला मुलुकभन्दा ठुलो सत्ता लिप्सा, सत्ता स्वार्थ र सत्ता परिवर्तनको खेल भई रहँदा पनि सेनाहरु चुप छन किन ? अब सेनाहरुले जंगी अड्डा, पृतना, गण र गुल्म हरुको नाम परिवर्तन गरि नेकपा पृतना, कांग्रेस पृतना, माओवादी पृतना, राजपा पृतना, माले पृतना, राप्रपा गण, साझा गण, विवेकशील गण, बाममोर्चा गुल्म र मजदुर किसान गुल्म आदि आदि जस्ता नामकरण गरे हुन्छ । सर्वसाधारणहरुलाई मात्र लकडाउन थियो । लकडाउनको समयमा पनि मन्त्रीहरु र नेताहरूलाई खुमलटार, कोटेश्वर, भैसेपाटी र बालुवाटार आदि आदि जस्ता यत्रतत्र जान आउन छुट थियो हैन र ? मन्त्रीहरुलाई मन्त्री परिषद बैठक, सांसदहरू लाई प्रतिनिधि सभा बैठक, स्थायी समिति बैठक र सर्वदलीय बैठक बस्न जान आउन पनि छुट थियो हैन र ? यसकारण सबै नेपाली नागरिकहरुले बुझ्नुपर्ने कुरा मुलुक भन्दा ठुलो संविधान होइन । संंविधान फेरि पनि बन्न सक्छ ।       

स्वतन्त्र नेपाली नागरिकः राकेश कुमार शर्मा