सुदूरपश्चिममा चार दिनको शिशु सहित थप २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१ पुग्यो
2020/06/11, 4:07
 
korona

सुदूरपश्चिममा आज २७ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप २७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ९१ पुगेको छ। धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा बाजुराका १८ जना, कैलालीका ७ जना र बझाङका दुई जनामा कोरोना पुष्टि भएको हो।

कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ५ का २०, २३, २३, २४, २४, २९ वर्षीय पुरुष र घोडाघोडी नगरपालिकाका ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। यस्तै बाजुराको बुढिगंगा नगरपालिकाकी ३ वर्षीया बालिका, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा बुढिगंगा नगरपालिकाकै ४ दिनको शिशु, १४ वर्षीय बालक, २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुष गरी एकैदिन १७ जनामा संक्रमण देखिएको छ।

चार दिनको शिशु सहित बाजुरामा एकै दिन १८ जनामा कोरोना पुष्टि भएको छ । विहीवार धनगढी स्थित प्रयोगशालामा परिएको परिक्षणमा २७ जनामा कोरोना पुष्टि भएकोमा वाजुरामा मात्रै १७ जनामा पुष्टि भएको हो । 

वाजुराको वुढीगंगा नगरपालिकाका मात्रै १७ जना र एक जना त्रिवेणी नगरपालिका रहेका छन् । वुढीगंगाका १० जना पुरुष र ८ महिलामा कोरोना पुष्टि भएको हो । योसँगै वाजुरामा संक्रमितको संख्या २१ पुगेको छ । वाजुरामा दुई बर्षीया वालिकाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

यस्तै बाजुराकै त्रिवेणी नगरपालिकाका ५० वर्षीय पुरुष, बझाङको थलारा गाउँपालिकाका ३४ वर्षीय पुरुष र बित्थडचीर गाउँपालिकाका ३० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ६७ जना, कञ्चनपुरमा ३४, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा १०,  बैतडीमा ६ र बाजुराका १८ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने १९ जना निको भएर घर फर्किसकेका छन्।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट एक सय ७३, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ।