
नेपाली बजारमा सुनको भाउ चार महिनायताकै सस्तो भएको छ । छापावाल सुनको भाउ सोमबार एकै दिन तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

जुन गत वर्षको चैत २६ अघिकै मूल्य बराबर हो । आजका लागि तेजावी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले नै घटेर ८८ हजार ५५० रुपैयाँमा झरेको छ ।
आइतबार ८९ हजार ५५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । आइतबार प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदीको आजको बजार मूल्य एक हजार २२५ रुपैयाँ छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 10:13
2021/06/13, 10:29
2022/02/05, 9:31