
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कैलालीस्थित त्रिनगर भन्सार नाकाको निरीक्षण तथा अनुगमन गरेका छन् । सुदूरपश्चिम प्रदेशमा फैलँदो कोरोना संक्रमण र त्यसको परीक्षणका लागि पीसीआरर मेसिन जडान गर्ने विषयमा छलफल गर्न मन्त्री भट्ट आज काठमाडौंबाट उच्चस्तरीय टोलीसहित धनगढी पुगेका थिए।

मन्त्री भट्टले सोही क्रममा भारतबाट आउने नेपालीलाई उद्धारका लागि सीमानाकामा भइरहेको क्रियाकलापको बारेमा निरीक्षण तथा अनुगमन गरेका हुन्।
मन्त्री भट्टसँगै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, सुरक्षा निकायका प्रमुख लगायतको टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा मन्त्री भट्टले कैलालीका प्रमुख जिल्ला अधिकारी बोहराको प्रशंसा गर्दै उद्धारमा गरेको कामको स्रहाना गरेका थिए।
