
सुदूरपश्चिममा विहीवार थप २७ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा परिक्षण गर्दा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । योसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या एक सय ९१ पुगेको छ ।

विहीवार पुष्टि भएका २७ जना मध्ये ६ जना गौरीगंगा नगरपालिकाका रहेका छन् । कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ५ का २०, २३, २३, २४, २४, २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । घोडाघोडी नगरपालिका ३० बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । यस्तै बाजुराको बुढिगंगा नगरपालिकाकी ३ वर्षीया बालिका, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा बुढिगंगा नगरपालिकाकै ४ दिनको शिशु, १४ वर्षीय बालक, २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुष गरी एकैदिन १७ जनामा संक्रमण देखिएको छ ।
यस्तै बाजुराकै त्रिवेणी नगरपालिकाका ५० वर्षीय पुरुष, बझाङको थलारा गाउँपालिकाका ३४ वर्षीय पुरुष र बित्थडचीर गाउँपालिकाका ३० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीका ६७ जना, कञ्चनपुरमा ३४, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा १०, बैतडीमा ६ र बाजुराका २१ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २० जना निको भएर घर फर्किसकेका छन । एक सय ६९ जना उपचाररत रहेका छन् ।

कैलाली र कञ्चनपुरमा मात्रै कोरोना संक्रमितको संख्या एक सय नाघ्यो
सुदुरपश्चिममा विहीवार थप २७ जनामा कोरोना पुष्टि भएकोमा त्यसमा कैलालीका ७ जना रहेका छन् । उनीहरु सवै जना पुरुष रहेका छन् । गौरीगंगा नगरपालिकामा मात्रै ६ जना थपिएका हुन् । योसँगै कैलालीमा संक्रमितको संख्या ६७ पुगेको छ । कञ्चनपुरमा विहीवार भने एक जनामा पनि कोरोना पुष्टि भएको छैन् ।
दुई जिल्लामा मात्रै कोरोना संक्रमितको संख्या एक सय नाघेको छ । कञ्चनपुरमा ३४ जना संक्रमित रहेका छन् । दुवै जिल्लाका संक्रमितको संख्या एक सय एक पुगेकोे छ । यसअघि वुधवारसम्म जिल्लामा संक्रमितको संख्या ६० रहेको थियो । कैलालीको गौरीगंगा नगरपालिकामा मात्रै सवैभन्दा वढी २६ जना संक्रमित पुगेका छन् ।
सुदुरपश्चिमका सात पहाडी जिल्लाहरु भन्दा कैलालीको एउटै नगरपालिकाका कोरोना संक्रमित वढी
सुदुरपश्चिमका सात पहाडी जिल्लाभन्दा कैलालीको एउटै नगरपालिकामा कोरोना संक्रमित वढी भएका छन् । कैलाली कञ्चनपुरका संक्रमित छोडेर सात पहाडी जिल्लाभरीका संक्रमितभन्दा वढी कैलालीको गौरीगंगा नगरपालिकामा भएका हुन् । योसँगै गौरीगंगामा कोरोना संक्रमितको संख्या २६ पुगेको छ । वुधवारसम्म सो नगरपालिकामा २० जना संक्रमित रहेका थिए ।
गौरीगंगा नगरपालिकाभन्दा कम कोरोना संक्रमित प्रदेशका सातै पहाडी जिल्लाहरुमा रहेका छन् । सवैभन्दा वढी वाजुरामा विहीवार कोरोना पुष्टि भएका सहित २१ जना संक्रमित पुगेका छन् । त्यसैगरी अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा १०, बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ ।
कैलालीः अहिलेसम्म सबैभन्दा बढी कैलालीका ६७ जना संक्रमित रहेका छन् । त्यसमा एक जनाको मृत्यु भएको छ भने ९ जना निको भएका छन् । ५७ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । एक जनालाई काठमाण्डौं रेफर गरिएको छ ।
कञ्चनपुरः कञ्चनपुरमा ३४ जना संक्रमित पुगेका छन् । उनीहरुमा एक जना निको भएका छन । ३३ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
बाजुराः बाजुरामा २१ जनामा कोरोना पुष्टि भएको छ । उनीहरुमा एक जनाको मृत्यु भईसकेको छ । २० जनाको उपचार भईरहेको छ ।
अछामः अछाममा संक्रमितको संख्या १६ पुगेको छ । एक जना निको भएका छन् । दुई जनालाई निको नहुदैं अस्पतालबाट डिस्चार्ज गरिएको छ । १३ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
डडेल्धुराः डडेल्धुरामा १५ जना संक्रमित पुगेका छन् । उनीहरुमा एक जना निको भएका छन् । १४ जनाको उपचार भईरहेको छ ।
दार्चुलाः दार्चुलामा १२ जना संक्रमित पुगेका छन् । उनीहरुमध्ये एक जना मंगलवार मात्रै निको भएका छन् । ११ जनाको उपचार भईरहेको छ ।
डोटीः डोटीका १० जना कोरोना संक्रमित पुगेका छन् । उनीहरु सवै उपचारत छन् । एक जना पनि हालसम्म निको भएका छैनन् ।
बझाङः बझाङमा १० जना संक्रमित पुगेका छन् । उनीहरुमा सवैको उपचार भईरहेको छ ।
बैतडीः बैतडीमा ६ जना संक्रमित पुगेका छन् । उनीहरुमा एक जना निको भएका छन् । ४ जनालाई निको नभईकन अस्पतालबाट डिस्चार्ज भएका छन् । एक जनाको उपचार भईरहेको छ ।
प्रदेशभरी पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने १९ जना निको भएर घर फर्किसकेका छन । अहिलेसम्म धनगढीको प्रयोगशालाबाट एक सय ७३, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ ।