बैतडीमा एक लाख घुस सहित पक्राउ परेका ईन्जिनियर विरुद्ध आरोप पत्र दायर
2020/03/18, 12:14

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त डिभिजन प्रमुख सुरेशराज भट्टविरुद्ध आरोपपत्र दायर गरिएको छ।

भट्टले चमेलिया खोला तटबन्ध नियन्त्रण निर्माण योजनाको कामको सम्झौता गर्न आलटाल तथा ढिलासुस्ती गरी एक लाख घुस खाएको पुष्टि भएपछि विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले एक लाख घुस रकम सहित पक्राउ गरेको थियो।
उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेकोले निज इन्जिनियर सुरेशराज भट्टलाई बिगो एक लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37