सुदूरपश्चिममा १६७२ नमूनाको कोरोना परीक्षण बाँकी, संकलित नमूना धनगढी प्रयोगशालामा जाँचको क्रममा 
2020/06/12, 8:17
 
korona

सुदूरपश्चिममा १६७२ नमूनाको कोरोना परीक्षण बाँकी रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारी अनुसार एक हजार ६ सय ७२ वटा नमुना परिक्षणको क्रममा धनगढी स्थित प्रयोगशालामा रहेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारी अनुसार २४ घण्टामा केही नमुनाहरु परीक्षण गरिएपति ती नमुना जाँच गर्न बाँकी रहेका हुन् । निर्देशनालयका अनुसार संकलित नमूना अहिले धनगढी प्रयोगशालामा परीक्षणको क्रममा रहेका छन् । 

निर्देशनालयले संकलन गरिएकै नमुना परीक्षण गर्न बाँकी रहेको भन्दै पाँच दिनका लागि थप संकलनको काम स्थगित गरेको अहिले संकलनको काम पनि सुरु भएको छ । कोरोना परीक्षण भएकोमा एक सय ९१ जनामा संक्रमण पुष्टि भईसकेको छ ।

संक्रमित मध्ये २१ जना डिस्चार्ज भएका छन् भने दुई जनाको मृत्यु भएको छ । यस्तै धनगढीका एक संक्रमितलाई सेती प्रादेशिक अस्पतालले काठमाडौँ रेफर गरेको छ ।
¥यापिड टेस्टमा पोजेटिभ देखाएपछि कोरोना भए, नभएको पुष्टि पीसीआर परीक्षणबाट हुने गरेकोमा अधिकाशंको भने पीसीआर परीक्षण बाँकी छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले भने सुदूरपश्चिममा एउटा मात्रै प्रयोगशाला भएको र आरडिटी धेरैमा पोजेटिभ देखाएकोले परीक्षणमा समस्या भएको जनाएको छ ।