
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई क्षतिपूर्ति दिन भारत सरकारसँग माग गरेको छ । भारतीय स्वतन्त्रता दिवसका दिन मोर्चाले भारतीय दूतावासलाई ज्ञापनपत्र पठाउँदै सो माग गरेको हो ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएपछि धामी नदीमा खसेका थिए । तर, भारतले आफ्नो पक्षबाट भएको अपराध अहिलेसम्म स्वीकार गरेको छैन । नेपाल सरकारको तर्फबाट छानविन समितिले घटनाको अनुसन्धान गरिरहेको छ ।
मोर्चाले धामीको हत्या एसएसबीले गरेको भन्दै सो अपराधका निम्ति सार्वजनिकरूपमा माफी माग्न र उनको परिवारलाई पारदर्शीरूपमा नेपाल सरकारमार्फत कम्तीमा १ करोड भारु उपलब्ध गराउन माग गरेको छ ।

2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/05/27, 5:16
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/16, 9:52
2022/02/10, 3:32
2023/02/24, 1:09