दिपायल सिलगढीकी मेयर मलासीलाई स्वास्थ्य उपचारका लागि काठमाडौँ लगियो
2020/06/12, 11:37
 
mayer

दिपायल सिलगढी नगरपालिकाकी मेयर मञ्जु मलासीको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाण्डौं लगिएको छ । मेयको स्वास प्रश्वासमा समस्या देखिएपछि उपचारका लागि काठमाडौँ लगिएको हो । 

स्वास्थ्यमा समस्या आएपछी धनगढी पुगेर उपचारपछि डाक्टरले आराम गर्न दिएको सुझाव अनुसार घरमा आराम गरिरहेकी मेयर मलासीलाई फेरि श्वास प्रश्वासमा समस्या आएपछि नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौँ लगिएको दिपायल सिलगढी नगरपालिकाले जनाएको छ ।

मेयर मलासी लामो समयदेखि प्रेसरको औषधी सेवन गर्दै आईरहेकीछिन् ।