सुदूरपश्चिममा २४ घण्टामा १५० को कोरोना परिक्षण, एक जना पनि संक्रमित भेटिएनन्
2020/06/12, 4:25

सुदूरपश्चिम प्रदेशमा बितेकोे २४ घण्टामा कोरोना भाइरस संक्रमित भेटिएका छैनन । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले २४ घण्टाको अवधिमा संक्रमित नभेटिएको जानकारी दिए । उनले २४ घण्टामा परीक्षण गरिएका एक सय ५० जनाको रिपोर्ट नेगेटिभ आएको बताए ।

सुदूरपश्चिममा विहीवार मात्र ४ दिने शिशु सहित २७ जनामा कोरोनाको संक्रमण देखिएको थियो । विहीवार भेटिएका मध्ये १८ जना बाजुराका ७ जना कैलाली र दुई जना बझाङका रहेका थिए ।
सुदूरपश्चिममा अहिलेसम्म एक सय ९१ जना संक्रमित भेटिएका छन् । उनीहरुमध्ये दुई जनाको मृत्यु भएको छ भने १९ जनालाई डिस्चार्ज गरिएको छ । सबैभन्दा बढी कैलालीमा ६७, कञ्चनपुरमा ३४, बाजुराका २१, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ७ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ ।

2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/25, 9:19
2020/12/17, 1:52
2021/07/28, 9:30
2022/04/27, 1:47
2023/01/28, 2:56